सुनिल बने पाँचथर तारा


पाँचथर, २८ चैत्रः पाँचथर तारा २०७२ गायन प्रतियोगितामा सहभागी भएका एक सय २७ जना प्रतिस्पर्धीलाई पछि  पार्दै सुनिल केरुङ पाँचथर तारा घोषित भएका छन् । मुर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरौँ, आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गरौँ भन्ने मुल नाराका साथ वरदान संगितालयले आयोजना गरेको प्रतियोगितामा केरुङ पाँचथर तारा बनेका हुन् ।
जिल्ला विकास समिति पाँचथरको हलमा सम्पन्न अन्तिम चरणको प्रतियोगिमा १० जना प्रतियोगिलाई पछि पार्दै केरुङले ४३ हजार पाँच सय रुपैँयाँ नगद पुरस्कार सहित पाँचथर तारा २०७२ को उपाधि हात पारेका हुन् ।
‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ भन्ने गित गाएका केरुङले ७३.५ अंक प्राप्त गरि प्रथम बनेका हुन् ।  ‘पुरानो ढुंगा पानीको थोपा’ गीत गाएका समिर एक्तेनले ६६.५ अंक ल्याएर दोस्रो भए भने ‘उकाली ओरालीहरुमा’ भन्ने गीत गाएकी मन्दिरा नेम्बाङ ६६ अंक ल्याएर तेस्रो स्थानमा चित्त बुझाईन । प्रतियोगिताका विजेतालाई प्रमुख अतिथिको रुपमा सांसद श्रीप्रदास जवेगुले पुरस्कार र उपाधि प्रदान गरे ।  गायन क्षेत्रका नव प्रतिभाहरुलाई उजागर गराउने उद्देश्यले वरदान संगितालयले २०६८ सालदेखि पाँचथर तारा गायन प्रतियोगिता गर्दै आएको संगीतालयका बुद्ध इङ्वा बताउँछन् । २०६९ सालदेखि रोकिएको गायन प्रतियोगिता यो वर्ष तेस्रो पटक सञ्चालन गरिएको हो ।
जिल्ला विकास समिति पाँचथर र फिदिम नगरपालिकाको सहयोग र सुमहात्लुङ एफ एम १०४.२ मेगाहर्जको सह आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । पाँच लाख ५३ हजार रुपैंयाँको लागतमा प्रतियोगिता सम्पन्न गरिएको आयोजनकले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment