काठमाडौँ, २२ चैत । पूर्वउद्योगमन्त्रीहरूले प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बनाउने योजनालाई नयाँ बजेटमार्फत उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ ।
उद्योग मन्त्रालयले आज आयोजना गरेको छलफलमा उहाँहरूले कागज, जडिबुटी र सिमेन्ट उद्योग तथा चिनी मिलबाट ऊर्जा उत्पादन गर्ने योजनालाई नयाँ बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वउद्योगमन्त्री केशवप्रसाद बडाल, शङ्कर कोइराला, कर्णबहादुर थापा र महेश बस्नेतले २५ प्रतिशतसम्म महँगो शुल्क तिर्नु परे पनि सरकारी कार्यालयले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने, मासु प्रशोधन उद्योग सञ्चालन गरेर त्यसको छालाबाट छालाजन्य वस्तु बनाउन ध्यान दिनुपर्ने, सरकारी उद्योग तथा संस्थान सञ्चालनका लागि ठोस योजना अघि सार्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले भूकम्प र नाकाबन्दीपछि जर्जर बनेको नेपालको औद्योगिक क्षेत्रलाई अब बन्ने नयाँ बजेटबाट पुनःजागृत गराई औद्योगिक क्षेत्रमा लगानीको वातावरण बनाइने दृढता व्यक्त गर्नुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास गर्नुपर्नेमा जोड दिँदै विभिन्न जिल्लामा औद्योगिक क्षेत्रहरूको घोषणाका कामको सुरुआत भइसकेको जानकारी दिनुभयो । रासस

0 comments:
Post a Comment