नयाँ वर्षमा विविध कार्यक्रम

इलाम १ बैशाखः नयाँ वर्षको अवसरमा इलाम सहित दैशैभर विभिन्न कार्यक्रम भएका छन् । इलाम सदरमुकाममा पर्यटन महोत्सव सम्पन्न भएको छ । यहाँ १२ वटा स्टल राखिएको छ भने करिब चार लाखको कारोवार भएको आयोजकले जानकारी दिएको छ । इलाम उद्योग वाणिज्य संघ इलामको महिला उद्यमी इकाइ र पर्यटन प्रवद्र्धन सरोकार समिति इलामको संयुक्त आयोजनामा सम्पन्न महोत्सवमा एक खुट्टाको सहारामा प्रतिभाशाली कलाकार निलिमा ढुंगाना सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । त्यस्तै इलाम एफएम ९३ मेघाहर्जले समेत इलामको धार्मिक एवम् पर्यटकिय स्थल माईपोखरीमा साँंस्कृतिक कार्यक्रम गरेको छ । इलामको राँके बजारमा समेत राष्ट्रिय स्तरका कलाकारहरुले वेजोड प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । एकतप्पा, गजुरमुखी, दानाबारी लगायतका स्थानमा समेत नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रम भएको खबर प्राप्त भएको छ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment