इलाम सदरमुकाममा ग्यासको चर्को अभाव

विगत केही सयमदेखि नेपालमा ग्याँसको आपूर्ति सहज भएको तथ्यांकहरु आईरहदा पनि इलाममा भने ग्याँसको आपूर्ति सहज हुन सकेको छैन ।  इलाममा अहिले उपभोक्ताहरुको ग्याँस डिलरमा लामो लाइन लाग्ने गरेको छ ।
मेची, कोशी, प्रिमा र त्रिशक्ती गरेर इलाममा चार वटा कम्पनीले ग्याँस वितरण गर्दै आएका छन् । इलाम सदरमुकाममा सरदरमा हप्तामा ३२० सिलिण्डर ग्यास आउने गरेको छ । महिनौ देखि ग्याँसको पैसा तिरेर बसेका उपभोक्ताले ग्याँस पाउन सकेका छैनन् । इलाम चोकवजारका  कोशी ग्यास डिलरका महादेव श्रेष्ठका अनुसार इलाममा अहिले हप्ताको सरदर एक हजार सिलिण्डर ग्यास विक्रि हुन्छ तर कम्पनीहरुले उपझोक्ताको माग अनुसार ग्याँस पठाउन नसक्दा समस्या उत्पन्न भएको । एक महिना अगाडि पैसा तिरेका उपझोक्तालाई घरमा पनि ग्यास पुग्न सकेको छैन ।

सरकारले काठमाण्डौलाई मात्र नेपाल जस्तो गरेर भारतबाट आयात गरेको ग्याँस उपत्यकामा मात्र लैजाने परिपाटीले पनि ग्याँसको अभाव भएको होटल व्यवसायी बाबुराम ढुंगानाको गुनासो छ । सरकारको वितरण प्रणाली व्यवस्थित नभएकाले मोफसलमा समस्यामा देखिएको पनि ढुंगानाको निष्कर्ष छ ।

इलाममा अहिले खाना पकाउने ग्याँसको अभावले वहालमा बसेर अध्ययन गर्दै आइरहेका विद्यार्थीहरु गाउँतिर फर्कने अवस्थामा छन । महेन्द्र रत्न वहुमुखी क्याम्पस इलाममा अध्ययनरत मंगलबारेका टिका खतिवडा ग्यास अभावले टिक्न समेत नसक्ने अवस्था आएको बताउछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment