राईको उपचारको लागि सहयोग हस्तान्तरण


इलाम, ७ साउनः बेलायती गोर्खा सेनाअन्तरगत सेकेण्ड बटालियन द रोयल गोर्खा राइफल्स द्दच्न्च् मा कार्यरत नेपाली युवाहरुले मानबहादुर राईको उपचारको लागि २६ हजार रुपैयाँ पठाएका छन् । युके आर्मीका रुपमा कार्यरत नारायणस्थान २ इलामका युवा विपेन राईको पहलमा सो रकम संकलन गरिएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरि सो रकम मानबहादुर राई उपचार सहायता कोष समितिलाई हस्तान्तरण गरिएको छ ।
विपेनका भाई दिपेश राईले समितिका संयोजक हुकुमलाल थेवे र सदस्य सुरेन कार्कीलाई संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् । ५२ बर्षिय राईको दुबै मृगौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सहयोग समिति नै गठन गरि दुवै मृगौलाको डाइलासिस गरिदै आएको छ । समितिका पदाधिकारीहरुको प्रत्यक्ष उपस्थितिमा विराटनगरमा उनको डाइलासिस भइरहेको उपचारमा प्रत्यक्ष संलग्न समिति सदस्य सुरेन कार्कीेले जानकारी दिए । श्रीमती र एक छोराका बाबु रहेका राई आफै बिरामी परेर ओछयान लागेपछि राईको परिवार समस्यामा परेका छन् । आर्थिक अवस्था कमजोर भएका राई अस्पतालको शैयामा छटपटाइरहेका छन् भने उनको परिवार थप आर्थिक संकटमा परेको छ । मालपोत कार्यालयमा लेखापढी गर्ने तथा आर्टको काम गर्ने राई बिरामी परेर थलिएपछि हुकुमलाल थेबेको संयोजकत्वमा पाँच सदस्यीय मानबहादुर राई उपचार सहायता कोष गठन गरिएको थियो । जसको सदस्यहरुमा सुरेन कार्की, धिरेन चेम्जोङ्ग, सुमन श्रेष्ठ र बिजय खाकी रहेका छन् । राईको दुइवटै मृगौला प्रत्यारोपण गर्न करीब १२ लाख रुपैंयाँ लाग्ने अनुमान छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment