इलाम, ३० असार (चियाबारी संवाददाता)ः इलाम नगरपालिकाको मालापथको यात्रा गाडीबाट गर्दैहुनुहुन्छ भने अब तपाई चनाखो बन्नुपर्ने भएको छ । मालापथ प्रवेशद्वारमा राखिएका ट्राफिक सङ्केतहरु तपाईले नहेरि गाडि गुडाउनुभयो भने त तपाई पक्कै पनि जरिवानाको भागेदार बन्नुपर्ने हुन्छ । जरिवाना पनि मालापथ प्रवेशद्वारमा चारपाङ्गे सवारीका लागि विहीबारबाट वान वे लागु गरिएको छ । इलाम नगरपालिकाको कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा मालापथ क्षेत्रमा चार वा सो भन्दा बढी पाङ्ग्रा भएका सवारी वा अन्य मोटर गाडीको लागि सो नियम लागु गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख पदम राईले जानकारी दिए ।
अबदेखि शान्ति चोकदेखि मालापथ प्रवेश गर्न ती सवारी साधनले पाउने छैनन् । मालापथ प्रवेश गर्न ति सवारीका लागि सुनगाभा चोक नै पुग्नुपर्ने हुन्छ । जनचेतनाका लागि समेत यो जनाकारी शेयर गर्न जिल्ला ट्राफिक कार्यालयका पुलिस हेड कक्सटेबल राजन थापाले चियाबारी दैनिकलाई अनुरोध गरे । सार्वजनिक विदा नपरेको समयमा विहान ८ः३० देखि ९ः३० सम्म असअघिदेखि नै वन वे लागु गरिएको थियो ।
0 comments:
Post a Comment