दानाबारी, १२ कार्तिक: जिल्ला दैवी प्रकोप उद्दार समिति इलामले दानाबारी गाविसमा शुक्रबार एक कार्यक्रम गरी गत असोज २५ गते माईखोलामा भएको डुंगा दुर्घटना मृत्यु हुने र महमाईमा रुखले किचिएर मृत्यु भएका परिवारहरुलाई राहत वितरण गरेको छ । दैवी प्रकोप उद्दार समितिबाट जनही एकलाख तथा जिल्ला विकास समिति इलामबाट दश हजार रुपैंयाँ नौ जनाको परिवारलाई वितरण गरिएको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी तथा दैवी प्रकोप उद्दार समितिका अध्यक्ष जनकराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुसिल कुमार यादव, कालीध्वज गणका मेजर बिमल केसी, शसस्त्र प्रहरी बल श्रीअन्तु गुल्मका प्रमुख रेवतीराज जोशी, जिल्ला विकास समिति इलामका निमित्त स्थानीय विकास अधिकारी छविलाल खतिवडा, नेपाल पत्रकार महासंघका सभापति रोहितचन्द्र भट्टराई लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रुखले किच्एिर मृत्यु हुने रेवतकुमार नेपाली, हिमाल कार्की तथा डुंगा दुर्घटनामा मृत्यु हुने विष्णुमाया कामी, जसबहादुर राई, हर्कबहादुर राना मगर, डम्मरमाया मगर, कृष्णकुमार घतानी, पुष्पाञ्जली एवम अञ्जली खड्काको परिवारलाई राहत वितरण गरिएको हो ।

0 comments:
Post a Comment