हात्ती आतंकस्’जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गर्यो’

जंगली हात्तीको आक्रमणबाट शनिबार दिउँसो झापा गरामनी—४ किसनभिट्टामा एक जनाको ज्यान गएको छ ।
हात्तीको आक्रमणबाट स्थानीय ६० बर्षिय जयनारायण अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार दिउँसो किसानभिट्टास्थित आफ्नै निवासमा खेतमा गाई फुकाउन जाँदा अधिकारीलाई स्थानीय जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । मृतकको मेची अञ्चल अस्पतालमा पोस्टमार्टम पश्चात् आफन्तले जिम्मा लिइसकेको शर्माले जनाकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment