यसरी हुन्छ मनपरी, कुरा जिल्ला प्राविधिक कार्यालयको


इलाम, ११ कार्तिक ः बिहीबार जिल्ला प्राविधिक कार्यालय इलाममा कामका लागि आएका सेवाग्राही रित्तो हात फर्किनु परेको छ । कार्यालयमा कार्यरत प्रमुुख इन्जिनियर ओमनाथ ढुुङ्गाना बिदामा रहेको र निमित्त प्रमुुख हुुतराज चौहान कार्यालयमा हाजिर गरेर पनि अनुपस्थित रहेपछि सेवाग्राही रित्तै फर्किनु परेको हो । सेवाग्राहीले सो विषयमा चियाबारी दैनिकलाई खबर गरेपछि थप विवरण लिन कार्यालय गएको टोलीले समेत चौहानले हाजिर गरेर कार्यालयमा अनुपस्थित रहेको पाएको छ । चौहानको विषयमा चासो राखेर जिल्ला विकास समिति इलामका निमित्त स्थानीय विकास अधिकारी छविलाल खतिवडालाई सोध्दा दानाबारी, सुखानी शहिद पार्क अनुुगमन गरेर फर्किँदै गरेको जानकारी आफुलाई प्राप्त गरेको खतिवडाले बताए । हाजिर गरेर पनि कुन ठाउँमा जाने भन्ने नखुलाएपछि सोझै आफुखुसी गएको शंका सेवाग्राहीले गरेका छन् । उनलाई चियाबारी टोलीले करिब चार बजे भेटेर सो कुरा लिए पनि सुखानी शहिद पार्कका अध्यक्ष महेन्द्र बुढाथोकीलाई फोन सम्पर्क गर्दा आफुलाई अनुुगमनबारे केही जानकारी नभएको र कोही पनि अनुुगमनमा नआएको बताए । उनका अनुसार सुखानीबाट रञ्जिता भट्टराई भन्ने महिलाले फोन गरेको तर कोही नआएको उनले बताए । उनले फोन गरेको पनि चियाबारी टोली जिल्ला विकास समितिको कार्यालय गएपछि गरेको प्रमाणित भएको छ । थप विवरण लिन चौहानलाई उनको मोबाइल नम्वर ९८४२६२१६८१ मा सम्पर्क गर्दा कल फर्वाड गरेको पाइयो । अनुुगमन गरेर फर्किँदै गरेको जानकारी निमित्त स्थाािय विकास अधिकारीलाई प्राप्त भएपछि चियाबारी टोलीले उनी अनुुगमनमा गएको स्थानका स्थानीय बासिन्दालाई बुुझ्दा समेत अनुुगमन नभएको पाइएपछि लापरवाही गरेको तथ्य बाहिर आएको छ । कार्यालयका एक कर्मचारीसँग बुुझ्दा उनी कन्याम पार्क गएको जानकारी पाइयो । कर्मचारीलाई कन्याम पार्क र निमित्त स्थानीय विकास अधिकारीलाई सुखानी पार्क गएको जानकारी गराउने चौहान कता गए होलान् ? 
चौहानका विषयमा निमित्त स्थानीय विकास अधिकारीले समेत कार्यालयको तर्फबाट समेत छानबिन गर्ने आश्वासन दिए । उनीमाथी छानबिन गरी दोषी पाइएमा कारवाही गर्ने खतिवडाको भनाई छ । 
आवश्यक फोन रेकर्ड र दृष्य सामाग्री समेत चियावारी दैनिकसँग सुरक्षित छ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment