संसोधन भन्दा पहिले कार्यान्वयन : खनाल

इलाम ३० कात्तिक : नेकपा एमालेका वरिष्ठ नेता तथा पुुर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन गर्नु पहिले कार्यान्वयन गर्न आवश्यक रहेको वताएका छन् । इलाम सदरमुकाममा प्रेश चौतारी इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले संविधान कार्यन्वयन गर्न देशका प्रमुख तिन दल एकजुट हुुनुको विकल्प नरहेको वताएका हुन् । लोकतान्त्रिक, देशभक्त, परिवर्तनशिल र समाजवादलाई एकै साथ एउटै संविधानमा अटाइएको वताउँदै उनले यस संविधानले सवै वर्ग, जातजाती, भाषा, लिङ्ग र समाजको हक अधिकार बोकेको वताएका छन् ।  जारी संविधानले नयाँ राजनैतिक पद्धती, आर्थीक, नयाँ सामाजिक, सांस्कृतिक समानता र नयाँ विदेश निति जस्ता पाँच परिकल्पना समेत लिएकाले पनि कार्यान्वयनमा तिन दल जुट्न आवश्यक रहेको धारणा उनको रहेको छ । 
नेपालको संविधानले प्रसस्तै मार्गदर्शन बोकेकाले यसलाई रक्षा गर्दै प्रयोग सहित सहयोग गर्न जनतासँग समेत आग्रह गरेका खनालले संविधान गतिशिल भएकाले कार्यान्वयन पछि मात्र संसोधन गर्न सकिने वताएका थिए ।  फरक प्रसंगमा उनले अंगीकृत नागरिकहरुलाई राज्यका कुनै पनि प्रमुख पदमा राख्न नसकिने वताएका थिए । संविधान संसोधन गर्न नेकपा एमाले तयार रहेपनि सो कुरामा एमालेले स्विकार गर्न नसक्ने वताएका थिए । 
एक पत्रकारको प्रश्नमा खनालले लोकमान सिंह कार्कीलाई हटाउन वितिसकेको वताएका थिए । उनले नियम र पूक्रिया पुु¥यार भए पनि उनलाई हटाइ छाड्ने जिकिर गरेका थिए ।   
लामो समय देखी असन्तुुष्ट रहेका मधेशवादी दलहरुले अजायज माग राखेर अवरोध गर्ने गरेको वताउँदै नेता खनालले मदेशी दलहरुले उठाउँदै मागहरु समेत  औचित्यहिन रहेको वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment