नेपालको संविधान विश्वकै उत्कृष्ट : एमाले नेता खनाल


श्रीअन्तु, २९ कार्तिक : नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री  झलनाथ खनालले नेपालको संविधान उत्कृष्ट संविधान भएकोले यसको कार्यान्वयनका लागि सबै दल एकजुट भएर लाग्नुपर्ने बताएका छन् । संविधान कार्यान्वयन गरेर नेपाललाई निरन्तर सम्बृद्धिको बाटोमा अग्रसर हुनुपर्ने बताए । सोमबार इलामको श्रीअन्तु डाँडामा निर्मित सुर्योदय भ्यु टावरको उद्घाटनका क्रममा  संविधान कार्यान्वयनका लागि चाँडो भन्दा चाँडो तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने समेत उनले बताए ।
अन्तु पर्यटन पुर्वाधार विकास निर्माण समितिका संयोजक धनकुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा खनालले भ्यु टावरको साँचो समालबुड. गाविसका सचिव इन्दिरा लामालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेची पहाडी पर्यटन प्रवर्धन  विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले समितिको ५१ लाख ५० हजार रुपैंयाँ र २० प्रतिशत थप जनसहभागिताबाट भ्यु टावर निर्माण भएको जानकारी दिए । कार्यक्रममा समितिका पुर्व कार्यकारी निर्देशक सदिक्षा कार्की, नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, युद्धप्रसाद वैद्य, पर्यटन कार्यालय काकरभिट्टाका प्रमुख गणेश तिम्सिना समेतका वक्ताले पर्यटन पुर्वाधार विकासले अन्तु क्षेत्रको थप विकासमा टेवा पुग्ने बताएका थिए । कार्यक्रममा लाप्चा, राई, मगर, तामाड. गुरुङ जातिको झाँकी र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यस्तै वरिष्ठ गायक कुवेर राईले गीत प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment