इस्कुस बेचेर पुर्वी इलामका किसान कमाउँदैछन् पैसा, नेपाली स्कुस भारतीय बजारमा हारालुछ


इलाम १७ कार्तिकः इस्कुस बिक्री गरेर पूर्वी इलामका श्रीअन्तु तथा समालबुङ गाविसका बासिन्दाले लाखौँ रूपैयाँ आम्दानी गरेका छन् । इस्कुसबाट एकै जना किसानले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरेका हुन् । श्रीअन्तु गाविस–२ का गीता घिमिरेले यस वर्ष इस्कुस प्रतिमन २ सय ५० देखि ४ सय सम्ममा बिक्री गरेको जानकारी दिएर ‘गाउँमा किसानले एउटै याममा साढे दुई लाख देखि तीन लाख रुपैयाँ सम्मको स्कुस बेच्ने गरेका छन्’ उनले भने ।
श्रीअन्तु र समालबुङमा उत्पादित इस्कुसको बजार भारतको मिरिक, दार्जिलिङ र सिलिगुडी हो । नेपाल तर्फ फिक्कल, इलाम र झापा बिर्तामोडमा समेत यहाँको इस्कुस बिक्री हुन्छ । यहाँ नेपाली र भारतीय दुवैतिरका व्यापारी गाउँ गाउँमै पुगेर पनि इस्कुस खरिद गर्ने गर्छन् । त्यसका अलावा कृषक आफैँले बजारसम्म पु¥याएर समेत बिक्री गर्ने गरेका छन् । भारत जाने इस्कुस किसानले मेची खोलासम्म घोडा वा गाडीमा पु¥याउने गरेका छन् । त्यहाँबाट ठूला गाडीमा भारतीय बजारसम्म व्याप ारीले लैजाने समालबुङ–१ का नारद खड्काले बताए । 
श्रीअन्तु र समालबुङमा मात्रै इस्कुसबाट वार्षिक करोड रुपैयाँ भन्दा बढि भित्रिने गरेको छ । यहाँबाट भारत र नेपालका बजारमा करिब दुई लाख मनभन्दा बढी इस्कुस जाने गरेको छ । इस्कुसलाई बाँसको मचान बनाइदिए पुग्ने र गोडमेल तथा थप हेरचाहको झन्झट नहुने हुँदा इस्कुस उत्पादनमा कृषकको आकर्षण बढ्दो छ । अन्तु र समालबुङ क्षेत्र चिसो भएको हुँदा बेलाबेला मलखाद लगाएर पुग्दो मचान दिए फल टिप्न मात्र इस्कुस झ्याङमा पुग्दा हुने किसान बताउँछन् । रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment