प्राविधिक कार्यालयमा भ्रष्ट्रचार भएको भन्दै कार्यालय घेराउ

इलाम १८ कार्तिक ः इलामको फिक्कलबाट नयावजार जोड्ने सडकको स्तरोन्नतीको ठेक्का प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै भ्रष्टाचार विरुद्ध तरुण सरोकार समूह इलामले विरोध गरेको छ । बिहीबार इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहाललाई ज्ञापनपत्र बुुझाउँदै समूह र तीन सय वढि स्थानियले त्यसको विरोध गरेका छन् । ठेक्काको नियम अनुसार जुुन निर्माक कम्पनीले न्युुनतम बोलपत्र पेश गर्छ त्यसैले ठेक्का पार्ने भएपनि सो नियम मिच्दै जिल्ला विकास समिति इलाम अन्तर्गत रहेको जिल्ला प्राविधिक कार्यालयले अन्य कम्पनीलाई नै ठेक्काको आशय पत्र दिएको जनाइएको छ । नयावजार–फिक्कल सडक खण्डका उपभोक्ताहरुले केहि समय जिल्ला प्राविधिक कार्यालय घेराउ गर्दै ठेक्का आशय पत्र बदर गर्न माग समेत गरेका थिए । जिल्ला प्राविधिक कार्यालय इलाम भ्रष्टाचारको अखडा बन्दै गएको भन्दै भेला भएका स्थानियले भ्रष्ट कर्मचारीलाई तत्काल कारवाही गर्न माग समेत गरेका छन् । उनीहरुले ‘भ्रष्ट कर्मचारी मुर्दावाद, भ्रष्टचारीलाई कारवाही गर लगायतका चर्का नारा समेत लगाएका थिए । ठेक्का प्रक्रियाका दोषिलाई विभागिय कारवाहि गर्न माग गर्दै ठेक्का सम्झौताका सवै काम रोक्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ । विज्ञप्तिमा कार्यालय प्रमुख ओमराज ढुुङ्गानाको संयोजकत्वमा तत्कालिन स्थानिय विकास अधिकारी मदन कोइराला, इञ्जिनियर हुतराज चौहान लगायतले रितपुुर्वक परेको ठेक्का  स्विकृतिमा नियतवस ढिलाई गरि कालो सुचीमा परेको नागार्जुुन कम्पनीलाई ठेक्का दिई सम्वन्धित कर्मचारी फरार रहेको उल्लेख गरिएको छ । यस विषयमा प्राविधिक कार्यालयका प्रमुख ढुुङ्गानालाई सम्पर्क गर्दा उनले सार्वजनिक खरिद ऐन अनुसार नै काम भएको वताए । उनले उन्नती समावेशि परियोजना अन्तर्गत आएको वजेट भएकाले ठेक्का प्रक्रिया दुुई चरणमा नै भएको जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment