जेष्ठ नागरिकहरुलाई यातायातमा २५ प्रतिशत छुट दिईने

देउमाई, १३ मंसिरः महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत माहिला तथा बालबालिका कार्यालय, देउमाई नगरपालिका कार्यालयसँग समन्वय गरेर जिल्लास्थित महिला जागरण संघ इलामको आयोजना ‘घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैगिंक हिंसा रहित समाज’ भन्ने नाराका साथ लैगिंक हिंसा विरुद्ध सोह्र दिने अन्तराष्ट्रिय अभियान देउमाई नगरपाकिलामा मनाईएको छ । 
कार्यक्रममा वैदेशिका रोजगारमा गएका परिवारका सदस्यहरुलाई एक दिने सचेतनामुलक कार्यक्रम देउमाई नगरपालिकामा सम्पन्न भएको हो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय इलामले जेष्ठ नागरिकहरुलाई गाडीभाडा, स्वास्थ्य क्षेत्रमा पाउनु पर्ने सेवा सुविधालाई सहज बनाउने तथा २५ प्रतिशत छुट गर्ने उद्देश्यले परिचय पत्र समेत वितरण गरेको छ । परिचय पत्र वितरण देउमाई नगरपालिकाका जम्मा १६५ जनालाई गरिएको छ भने अन्य छुटेका जेष्ठ नागरिकहरुलाई इलामबाट सेवा विस्तार गर्ने कुरा कार्यक्रममा बताइएको थियो ।  यस कार्यक्रममा सुनगाभा विकास संस्था इलाम पनि कार्यक्रमको सहयोगीको रुपमा रहेको थियो । महिला जागरण संघ इलामकी अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम देउमाई नरगरपालिकाका इन्जिनियर प्रतिक दवाडीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment