भारतीय नोट प्रतिबन्धले सिमावर्ती इलामे गाउँघर प्रभावित


जिर्मले, १३ मंसिरः हालै भारत सरकारले भारतीय पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सिमावर्ती नेपालीहरुमा परेको छ । पुर्वी इलामको भारतसँग सिमाना जोडिएको क्षेत्रहरु जिर्मले, समालबुङ्ग, श्री अन्तु, गोर्खे, जोगमाई, जमुना, माबु, माईम्झुवा, पशुपतिनगर लगायतका बासिन्दाहरुको दैनिक जीवनचर्याका क्रियाकलापहरु लगायत उनीहरुले उत्पादन गरेको कृषि उपजहरुको बजार भारत रहेको कारण अहिले आएर भारतीय नोटमा लागेको प्रतिबन्धले कठिनाइ उत्पन्न भएको हो ।
भारतीय नोट प्रतिबन्धका कारण यसक्षेत्रका किसानले उत्पादन गरेको कृषि उपज अलैंची, अदुवा र कुचोको कारोबार ह्वात्तै घटेको छ भने मुल्यमा पनि व्यापक गिरावट आएको व्यापारीहरुको भनाइ रहेको छ । पाउनु पर्ने नोट समेत नपाइने र जगेडामा रहेको भारतीय नोट समेत किसानहरुले लिन नमान्ने भएका कारण समस्या परेको एक व्यापारीले बताए । यता सिमावर्ती क्षेत्रहरुका सर्वसाधारणहरुसँग भारतीय प्रतिबन्धित नोटहरु अझैसम्म ब्यवस्थापन गर्न नसकेको कारण समस्यानै रहेको पाइएको छ । भारतमाा गरेको रोजगारी, भारतीय बजारमा बेचिएका कृषि उपजबाट आर्जन गरिएका नोटहरु र औषधी उपचारका लागि भारतीय अस्पतालमा जाने बिरामीहरुका आफन्तले सञ्चित गरेका नोट रहेकाहरु बढी संकटमा परेको स्थानीय नागरिकहरुको भनाइ रहेको छ । यता पछिल्लो समय सिमावर्ती भारतिय बजारमा नेपाली नोटको अवमुल्यन  र भारतीय नोटमा ठगी गर्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालीहरुनै परेका छन् भने बजार मुल्य पनि एकाएक बढेको छ । अहिले सिमानाको भारतीय बजारमा एक हजारको नेपाली नोट पाँचयस भारुमा साटिने गरेको छ भने एक हजारको भारु नोट एक हजार नेपालीमै साटिने गरेको छ । यसैगरी सत्तरी रुपैंयाँमा पाइने गरेको चिनी बजारमा नब्बे रुपैंयाँमा किन्नु परेको छ । जसले गर्दा सिमावर्ती बजारहरुको कारोबार शुन्यमा झरेको छ । यता नोटको बारेमा नेपाल सरकारले स्पस्ट धारणा  ल्याउन नसक्दा भारतले आफ्नो देशको लागि ल्याएको नोट नीतिले नेपाली जनजीवनमा असर परेकोले यसको समाधान सरकारी तवरले नै गर्नुपर्ने यसक्षेत्रका नागरिकहरुको रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment