इलाम २४ कात्तिक ः उन्नति परियोजनाको सहयोगमा निर्माण हुन लागेको फिक्कल, गुप्तीm नयाँबजार सडकको स्तरोन्नतिको ठेक्कामा भ्रष्टचार भएको भन्दै नेकपा माओवादी इलामले ठेक्का रद्द गरि अर्को ठेक्का खुलाउनुपर्ने माग राखेको छ । प्रेस विज्ञप्ति जारि गर्दै नेकपा माओवादी इलामले भनेको छ, ‘भ्रष्टचारको सवालमा फिक्कल, गुप्तीm नयाँबजार सडकको स्तर उन्नति निर्माण गर्ने ठेक्कापट्टामा भएको भ्रष्टचारप्रति हाम्रो पार्टी कडा निन्दा गर्दछ ।’
बुधबार इलाम सदरमुकाममा एक अन्र्तक्रिया कार्यक्रम समेतको आयोजना गरि नेकपा (माओवादी) इलामले देशमा भइरहेको भ्रष्टाचार, कालोवजारी अन्त्य गर्नुपर्ने माग राखेको छ चर्को महंगी र खाद्य सम्प्रभुुता विषयक अन्तरक्रिया कार्यक्रम गर्दै सरोकारवाला निकायको यस क्षेत्रमा ध्यान जान आवश्यक रहेको निष्कर्ष निकालेको छ । खाद्यान्न तथा पेट्रोलियम पदार्थमा भएको मुुल्य बृद्धि र कालोवजारीले मानिसका दैनिक जिविकोपार्जनमा समेत समस्या थपेको भन्दै यसलाई तत्काल नियन्त्रण हुनुपर्ने माग उसले गरेको छ ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी मेची ब्युुरो कार्यालयका सदस्य होम खतिवडाले गरिवीको रेखामुनी रहेका जनताकालागि सरकारले पचास प्रतिशत छुटमा उपभोग्य सामाग्री वितरण गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा वोल्दै नेकपा एमालेका गणेश वरालले कालोवजारी र महंगीप्रति सरकारको ध्यान जान नसकेको वताएका थिए । उनले एमालेले समेत माओवादीको एजेन्डामा ऐकवद्धता जनाएका थिए । केहि एजेन्डामा ऐक्यवद्धता जनाए पनि माओवादीले गर्न लागेको २८ गतेको नेपाल विरुद्ध भने आफुनो असहमत रहेको धारणा ब्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा नयाँ शक्ति नेपालका मिन्सुु जवेगुु, संघीय लिम्बुवान मञ्चकी सचिव निर्मला चेम्जोङ, नेपाल शिक्षक संगठनका गोपाल नेपाल, उद्योग वाणिज्य संघका प्रकाश चापागाई लगायतले समेत बन्दको बिरोध गरेका थिए । उनीहरुले माओवादीले उठाएका केहि मागहरु राम्रा भएपनि वन्दको भने खुलेरै बिरोध गरेका थिए । नेकपा माओवादी इलामका सचिव त्रिलोचनको अध्यक्षता तथा मेची ब्युुरो कार्यालयका सदस्य खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

0 comments:
Post a Comment