झापाको बाहुनडाँगीमा हात्तीको आक्रमण, एकको मृत्यु एक घाइते


झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा सोमवार एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेका छन । बिहान घर नजिकै घाँस काट्न जाने क्रममा चिया बगानमा हात्तीले आक्रमण गरेको बताइएको छ । त्यस्तै उनीसँगै गएका सोही ठाउँका ६२ वर्षीय लम्बबहादुर प्रधान भने हात्तीको आक्रमणमा परी घाइते भएका छन् । हात्तीको आक्रमणमा परी उहाँको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment