इलाम २२ कार्तिक: बिकलाङ्ग मित्र समुह तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नसरंचना केन्द्र काभ्रेको आयोजनामा इलामका तीन स्थानमा निशुल्क श्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । इलामको करुणा फाउण्डेशनसँगको सहकार्यमा सञ्चालित शिविर कार्तिक २१ गते अर्थात आइतबार प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल, कार्तिक २२ गते सोमबार जिल्ला अस्पताल इलाम र आज कार्तिक २३ गते मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा हुने आयोजकका ब्यवस्थापक तथा अपाङ्ग बाल अस्पतालका पुर्व क्षेत्रिय इन्चार्ज मधुुसुधन अधिकारीले जानकारी दिए । फिक्कलमा संचालन गरिएको शिविरमा ७५ जनाले स्वस्थ्य परिक्षण गराएका थिए भने अधिकाशंको शाल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेकाले उनीहरुको काठमाडौंमा बोलाईएको छ । इलाममा भएको शिविरमा ५० भन्दा बढिले सेवा लिएको जनाइएको छ । शिविरमा आएका र यहाँ ठिक नभएकाहरुलाई काठमाडौं झिकाएर थप उपचार गरिने उनले जानकारी दिए । काठमाडौं जानुपर्ने बिरामी र बिरामी कुरुवा एक जनाको समेत खर्च आयोजकले नै ब्यहोने जनाइएको छ । आज मंगलबारेमा समेत ५० जना बढिले सेवा लिने उनको अनुमान छ । उनका अनुसार फिक्कलमा भएको शिवरमा अपाङ्गता भएका १८ वर्ष भन्दा कम उमेरका बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । अप्रेशन गरिनुु पर्नेहरुको निशुल्क काठमाडौंमा लगेर अप्रेसन समेत गर्ने अपाङ्ग बाल अस्पतालका पुर्व क्षेत्रिय इन्चार्ज अधिकारीले बताए । शारिरिक रुपमा निक्कै अशक्त भएकाहरुको पनि शल्यक्रियया मार्फत पुर्ण रुपमा ठिक बनाएको प्रशस्त उदहारण भएको बताउदै अधिकारीले आफ्ना बालबालिकामा त्यसता कुनै खराबी भए सम्पर्क गर्न आग्रह समेत गरे ।
हात खुट्टा बाङ्गों भएका, पैताला भित्र वा बाहिर फर्किएका, बागिंएको ढाड, तथा ओठ तथा तालु फाटेकाहरुको समेत शिविरमा उपचार हुने जनाइएको छ । आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, शरीरको जोर्नी दुख्ने वा सहायक अंग कृतिम हात खुट्टाको आवश्यक भएकाहरुलाई सहायक सामग्री वितरण गरिने जनाइएको छ । निजी असपतालमा जाँदा लाखौँ खर्च हुन सक्ने रोगहरु सो अस्पतालले निशुल्क रुपमा गर्दै आएको छ । शिविरमा जाँच गराउन आएका बालबालिका र अभिभावकहरुले गरिब जनताको लागि यो शिविर साँच्चिकै सुनौलो अवसर भएको बताउदै खुसी प्रकट गरेका छन् । शिविरमा डा.प्रकाश गुरुङ, उमा पोख्रेल लगायत १० जनाको चिकित्सकको टोलीले चेकजाँच गरिरहेको छ । यस्तै शिविर पाँचथर, ताप्लेजुुङ, तेह्थुुम लगायतका जिल्लाहरुमा समेत गरिने जनाइएको छ ।
0 comments:
Post a Comment