इलाम २३ कात्तिक ः फिक्कलमा दुईजना गाँजाका कारोबारी आइतबार साझ पक्राउ गरेका छन् । सुर्योदय नगरपालिका कार्यालय नजिकको इन्द्रबहादुर रसाईलीको घरमा डेरा बसेर गाजाको कारोबार गर्ने पुर्व प्रहरी ७३ बर्षिय भक्तबहादुर चौहान र सुनपा ६ का ३९ बर्षीय हिरण प्रधान पक्राउ परेका हुन् ।
गाजाको कारोबार गर्ने गरेको सुराकीका आधारमा सादापोसाकमा सशस्त्रका डिएसपी चेतराज जोसीको नेतृत्वमा गएको टोली र आइतबारेमा रहेको सशस्त्रको टोलीले आइतबारसाझ चौहान र प्रधानलाई पक्राउ गरेको हो ।
उनीहरुको डेराबाट ३ किलो गाँजा, ३१ पकेट खुकुरी चुरोट, ५ राउण्ड गोली, ४ राउण्ड खोका, १ वटा गाँजातान्ने चिलिमपक्राउ गरेको सस्त्र प्रहरीका डिएसपी चेतराजजोसीले जानकारी दिए । उनीहरुको साथबाट गाजाँ टुक्राउने छुरी, गुलाफ चक्की भनिने गाजाँधुलो बनाउने सामग्री, बन्दुककागोला राख्ने झोला समेत बरामद गरेकको जोसीले जानकारी दिए ।
पुर्व लागुऔषद्य प्रयोगकर्ता रमेश घिमिरेकाअनुसार फिक्कल क्षेत्रमा टिन एजरका युवाहरु नै लागु ओषधको प्रयोगमा सकृय रहेका छन् । उनकाअनुसार भारत नेपालको सिमावर्ती क्षेत्र पानीटेङ्कीबाट इलामका कारोबारीले लागु औषद्य फिक्कललाई केन्द्र बनाएर ल्याउने गरेका छन् ।
केहिदिन अघि फिक्कलका कारोबारीलाई सिमावर्ती क्षेत्र पानीटेङ्कीमा पक्राउ गरेपनि भारतीय प्रहरीलाई घुस खुवाएर छुट्को उनले बताए ।
फिक्कल घर भएका रमेश घिमिरेले पहिला आफुले लागुुऔसत सेवन गरेर लागुुऔसधकर्ताहरुलाई साथी वनाई उनीहरुले गर्ने कारोवारीको वारेमा सम्पुर्ण जानकारी लिए । नेपाली दाजुुभाई दिदिवहिनीलाई लागुुऔषध सेवनबाट टाढा राख्ने उद्देश्यले यस्तो काम गरेको रमेशले वताए । जसरी भए पनि नेपाली आमाको आँशुु पुुछ्ने काममा आफुलागेको र त्यसमा आफु सफल बन्ने उनको योजना छ । उनले गर्दा नै गाँजा सहित उनीहरु पक्राउ परेका हुन् । व्राउन सुुगर पाकिस्तानमा वनेर भारत हुँदै नेपालका सिमावर्ती क्षेत्र काकरभित्ता र इलामको पशुुपतिनगर नाकाबाट पुुर्वी क्षेत्रमा यसको कारोवार सुरु हुने उनले वताए । प्रतिग्राम दश हजार सम्मले कारोवारी हुुने व्राउन सुुगर भारतबाट प्रतिग्राम दुुई हजार सम्मले खरिद गर्ने गरेको अनुुभव घिमिरेले सुुनाए ।
कसरी खाने अनि कसरी यस कुुरालाई बाहिर ल्याउने भन्ने सम्म थाहा पाएपछि उनले ब्राउन सुुगर सेवन गर्न छाडेको वताए । उनले हाल लागुुऔषध विरुद्ध औषधि सेवन गर्न थालेको पनि वताए । यस कुरालाई बाहिर ल्याएको भन्दै आफुलाई ज्यान मार्ने धम्की समेत आउन थालेको भन्दै यस विषयमा उनले प्रहरीलाई जानकारी दिइ सकेको वताए । घिमिरेले दिएको सुराकीको आधारमा ससस्त्र प्रहरीले दुुई ब्यक्ति र गाँजा पक्राउ गरेको वताएको छ । तर यस विषयमा थप अनुुसन्धान भइरहेको जनाइएको छ । सुराकी गर्ने रमेशको वारेमा समेत थप अनुुसन्धान भइरहेको जनाइएको छ । सशस्त्रले लागु औषध कारोबारी र प्रयोगकर्ताको अनुसन्धानलाई तिव्र बनाएको जनाएको छ ।


0 comments:
Post a Comment