ठमेल क्षेत्रमा सञ्चालित मसाज पार्लर तथा स्पामा मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार, प्रहरी हिरासतमा पुगिएला १ यस क्षेत्रमा सञ्चालित धेरैजसो मसाज तथा स्पामा मसाज नभई खुलेयाम देहव्यापार हुन थालेपछि प्रहरीले छापामारी मसाज तथा स्पा सञ्चालक र देहव्यापारमा संलग्न युवक–युवतीलाई पक्राउ गर्न थालेको छ, गोरखापत्र दैनिकमा खबर छ ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले ठमेलका मसाज तथा स्पाका एक जना एजेन्टलाई पक्राउ गरेपछि धेरैजसो मसाज तथा स्पामा देहव्यापार हुने गरेको रहस्य बाहिर आएको हो । ठमेलको सडकमा घुमफिर गरिरहेका भारतीय पर्यटकलाई मसाजका युवती मिलाइदिने विषयमा कुरा गरिरहेको अवस्थामा अर्जुन कार्की पक्राउ परेका हुन् ।
मसाजका युवतीका लागि ग्राहक खोजेर मसाज पु-याएबापत उनले तीन सयदेखि पाँच सय रुपियाँ कमिसन लिने गरेको खुलेको छ । मसाजका युवतीले भने एकपटक एक जना नेपालीबाट १५ सयदेखि तीन हजारसम्म र विदेशीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको पाइएको छ ।
२०७२ सालको विनाशकारी भूकम्प र नाकाबन्दीपछि ठमेलमा देहव्यापार पुनः फस्टाएको छ । सगरमाथा स्पा सञ्चालक रमेश श्रेष्ठलाई पक्राउ गरिएको छ । अन्य स्पाका सञ्चालक भने फरार छन् । देहव्यापारमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने जनाइएको छ । news24बाट

0 comments:
Post a Comment