डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी


 परिणामस् ट्रम्प-२७६, क्लिन्टन-२१८
सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।
 उनले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन्। राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले त्यति मत प्राप्त गरिसकेका छन्। पछिल्लो परिणामअनुसार विस्कन्सिनमा जितेपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका हुन्।
 विभिन्न मिडियाले ट्रम्पले राष्ट्रपति चुनाव जितेको घोषणा गरिसकेका भए पनि यसको आधिकारिक घोषणा भने हुन बाँकी नै छ। अमेरिकी अखबार वासिङ्टन पोस्टका अनुसार ट्रम्पको पछिल्लो मतपरिणाम २७७ इलेक्टोरल छ।
 बाराक ओबामाले चार वर्षअघि जितेका केही ठूला तथा मझौला ठूला राज्यहरु फ्लोरिडा, ओहाहियो, पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा जितेपछि ट्रम्पको जित सुनिश्चित भएको हो।
 अमेरिकाका ठूलाठूला सहरमा मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामिण इलाकामा मतदाताले ठूलो संख्यामा ट्रम्पलाई भोट दिएको पछिल्ला सर्वेक्षणले जनाएका छन्। त्यस्तै, कलेज पढेका, महिला तथा अल्पसंख्यकले मुख्यतस् हिलारीलाई भोट दिए पनि गोरा अमेरिकी पुरुष, त्यसमध्ये पनि कलेज नपढेकाहरुले ठूलो संख्यामा ट्रम्पलाई भोट हालेपछि उनको जित सुनिश्चित भएको मानिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment