मंगलबारे ११ मंसिरः देउमाई नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत केशवकुुमार ढकालले नगरपालिकामा रहँदा सर्वदलिय सम्यन्त्रसँग समन्वय नगरी वढि खर्च गरेको भन्दै त्यस क्षेत्रका राजनैतिक दलका प्रतिनिधिले आपत्ति जनाएका छन् । शुुक्रबार नगरपालिकाको विभिन्न छलफल तथा निर्णय गर्न सर्वदलिय सम्यन्त्रको वैठकमा ढकालको पालामा छत्तिस लाख पचास हजार प्रशासनिक मात्र खर्च गरेको भन्दै त्यस क्षेत्रका असन्तुुष्ठ राजनितिक दलका प्रतिनिधिले छानमिन समिति गठन गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिध मेघबहादुुर चौलागाँईको सम्योजकत्वमा गठित समितिको सदस्यहरुमा नेकपा एमालेका सुुर्य पोख्रेल, नेकपा माओवादी केन्द्रका पदम खनाल, राप्रपाका कृष्णप्रसाद बाँस्तोला लगायत आठ सदस्यीय छानमिन समिति गठन गरिएको छ । नगरपालिकामा हुुने हरेक खर्च नगर परिषदमा सार्वजनिक गर्नुपर्ने र बैठकले अनुुमोदन गरिनुपर्ने प्रावधान रहेपनि ढकालले दुुवै नगराएको राजनैतिक दलका प्रतिनिहरुको भनाई छ ।
समाचार स्रोतका अनुुसार छत्तिस लाख खर्च गरेको र पचास हजार रुपयाँ गत असार मसान्तसम्ममा खर्च नभएपछि फिर्ता गरिएको देखाइएको छ । ढकाल हाल देउमाई नगरपालिकाबाट सरुवा भएर सदरमुुकाम स्थित मालपोत कार्यालयमा आएका छन् । उनले कात्तिक पाँच गतेबाट मालपोत कार्यालयमा जाहिर गर्न थालेका छन् । उनी सरुवा भएर मालपोत गएयता हिसावकिताव बुुझाउन राजनितिक दलले पटकपटक आग्रह गर्दा समेत लामो समय आलटार गरेर बसेको एक राजनिति दलका प्रतिनिधिले चियावारी दैनिकलाई वताए । एउटा सामान्य कार्यालयमा छत्तिस लाखमाथीको प्रशासनिक खर्च आउनुुमा स्थानिय वासी तथा राजनितिक दलका प्रतिनिधिले आश्चार्य मानेका छन् । त्यहाँ हाल कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले दुुईतिरको कार्यालय सम्हाल्नुु पर्छ । जिल्ला विकास समिति इलामका योजना अनुुगमन अधिकृत छविलाल खतिवडालाई मन्त्रालयले पत्र काटेर देनपाको समेत कार्यकारी अधिकृतको जिम्मा लगाएको छ भने कोलेनिका कार्यालयमा कार्यरत मानभक्त श्रेष्ठले नै त्यहाँको लेखा सम्हालेका छन् । यस विषयमा जिज्ञासा राख्दा कार्यकारी अधिकृत खतिवडाले आफुलाई खासै जानकारी नभएको वताए । उनले आफुु सो कार्यालयको नयाँ भएको र छानमिन समितिलाई कति अधिकार हुने भन्ने समेत जानकारी नभएको वताए । हाल कार्यालयको आन्तरिक लेखा परिक्षण भइरहेको छ भने अन्तिम लेखा परिक्षण हुुन वाँकी रहेको छ ।

0 comments:
Post a Comment