युवराज खनाल
मंगलबारे ११ मंसिर ः केहि समय अगाडी मिरमिरे बिहानीसँगै दुुध बेच्न हतारो हुुने देउमाई नगरपालिका एक सावजुङका दुग्ध उत्पादन गर्ने किसानहरुलाई आजकल निकै सहज भएको छ । सहकारी मार्फत दुध बेच्दा बिहान सवेरै नगरे दुधै नबिक्ने बेसी तापक्रम हुुँदा दुुधै फाट्ने अनी बन्द र हट्तालका समयमा समेत दुुध नबिक्ने समस्याबाट हैरान कृषकहरुलाई पछिल्लो समय गाँउमा नै दुुध प्रशोधन गर्ने डेरी स्थापना भएसँगै राहातको महशुस भएको छ । इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालीका वडा नम्वर एकमा मात्र स्थानिय कृषकको अगुुवाईमा हाल चौधवटा डेरी स्थापना भएका छन् । डेरी स्थापना भएपछि दुुध बेच्न कृषकलाई समस्या छैन बरु डेरी सञ्चालकहरुले तानातान नै गर्ने गरेका छन् । बिहान नौ वजेसम्म डेरीमा दुुध लगे पनि बिक्री गर्न सकिने किसानहरु वताउँछन् । सहकारी मार्फत दुुध बेच्दा चिस्यान केन्द्र सम्म लैजान हतारो हुने गरेको त्यस क्षेत्रमा यतिबेला न हतारो नै हुुन्छ न दुुध बिक्दैन नै भन्ने चिन्ता छ ।
एउटै वडामा यति धेरै डेरी भए पछि डेरी सञ्चालकलाई दुध प्रसोधन गर्न र उत्पादित घिउ छुर्पिलाई वजारमा बिक्री गर्न समस्या नभएको स्थानिय डेरी सञ्चालक विष्णुु चौलागाईले वताए । प्रत्येक डेरीमा दैनिक एक सय लिटरदेखी पाँच सय लिटरसम्म दुुध आउने गरेको छ । खरिद भएको दुुधबाट दैनिक पाँच सत्तरी देखी एकसय पचासकिलो सम्म घिउ उत्पादन हुुने गरेको छ । त्यस्तै दैनिक नै एकसय पचार किलो देखी तीन सय किलोसम्म छुर्पी उत्पादन हुने स्थानिय डेरी व्यवसायी लोकनाथ चौलागाईले बताए ।
घिउ प्रतिकिलो पाँचसय रुपैयाँ र छुर्पी प्रतिकिलो पाँच सय देखी आठ रुपैयाँसम्ममा बिक्री हँुदै आएको उनले बताए । जसमा घिउ स्थानीय वजार हुँदै झापा, धरान, काठमाण्डौ लगायतका वजारसम्म जाने गरेको छ । छुुर्पी समेत स्थानीय वजारहुँदै अमेरिका सम्म निर्यात गर्ने व्यवसायी घरैमा जाने गरेका छन् ।
किसानहरुले उत्पादन गरेको दुधको प्रशोधनपछि निस्किने क्रिमको आधारमा मुल्य निर्धारण हुुन्छ । उत्पादित क्रिम प्रतिकिलो पाँचसय नै पाँउदै आएका छन् । गाईको दुुध न्युनतम तीस देखि पचास रुपैयाँ सम्म छ । प्रतिलिटर र भैँसीको दुध प्रतिलिटर पचासदेखी असी रुपयाँसम्ममा बिक्रीहुने जनाइएको
यसरी हेर्दा एकै गाउँमा प्रति दिन किसानहरुले पालेका गाई र भैँसीबाट उत्पादित दुधबाट एकलाख पैँतालिस भन्दा वढि आम्दानी हुने गरेको छ । किसानहरुलाई पनि नजिकै डेरी भएपछि आफू अनुकुल समयमा दुध बिक्री गर्न तथा बचत भएको समयमा पशुुकै स्यहार गर्न सहज भएको स्थानीय प्रकाश खनाल वताउँछन् । उनले ठट्यौली पारामा भने – ‘चिया सारेर डेरी गए नसेलाई घर आइगुगिन्छ ।’ धेरै डेरी स्थापना भएपछि किसानहरुलाई टाढासम्म दुुध वेच्न जाने हैरानी समेत मुुक्त भएको छ । गाउँमा डेरीबाट राम्रै आम्दानी भएपछि त्यहाँ (सावजुुङ) का केहि युवाहरु डेरी व्यवसाय सञ्चालन गर्नका लागी गाविस र अन्य जिल्लामा समेत गएर डेरी सञ्चालन गरेका छन् ।
किसानलाई अझ वढी दुुध उत्पादन गर्न र उत्पादित बस्तुु वजारसम्म लैजान समस्या भएकाले त्यस क्षेत्रमा सम्वन्धित निकायले सहयोग गर्नुु पर्ने उनीहरुले माग गर्दै आएका छन् ।

0 comments:
Post a Comment