ताप्लेजुङ, २० कार्तिक ः ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका बनाउने सर्वदलीय सहमति जुटेको छ । जिल्ला प्राविधिक समितिले शनिबार गरेको सर्वदलीय बैठकमा ताप्लेजुङ नगरपालिकासहित ८ स्थानीय तह बनाउने सहमति भएको संयोजक तथा स्थानिय विकास अधिकारी राजेश गौतमले बताए । यसअघि दश दलले एउटा खाका बनाउँदै सहमति गरेपनि एमालेले असहमति जनाउँदा अन्तिम निर्णय हुन सकेको थिएन । तर, शनिबारको बैठकमा दश दलले बनाएको खाकामा नाल्बु गाविसलाई सुलुम्फी डाँडा केन्द्रमा थप्ने एमालेको प्रस्तावमा सहमति जुटेसँगै स्थानिय तहले अन्तिम रुप पाएको छ ।
समितिले शनिबार नै प्रतिवेदन तयार गरी आयोगमा पठाउँदैछ । दुई वटा गाउँपालिकाको केन्द्रमा दलहरुबीच सहमति नजुटेकाले दुबै स्थान लेखेर आयोगमा पठाउने सहमति भएको संयोजक गौतमले बताए ।
समितिले शनिबार नै प्रतिवेदन तयार गरी आयोगमा पठाउँदैछ । दुई वटा गाउँपालिकाको केन्द्रमा दलहरुबीच सहमति नजुटेकाले दुबै स्थान लेखेर आयोगमा पठाउने सहमति भएको संयोजक गौतमले बताए ।

0 comments:
Post a Comment