पुरुषतर्फ दुई र महिलातर्फ एकको अग्रता

उत्तम रिजाल

२७ मंसिर,फिदिम÷ सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी पाँचथरको फिदिममा जारी पुर्वाञ्चल स्तरीय बुद्धिचाल छनोटमा पाँचौ राउण्ड सम्मको खेल सकिदा पुरुषतर्फ दुई र महिला तर्फ एक जनाले अग्रता लिएका छन् । पुरुषतर्फ दोश्रो राउण्ड देखी पहिलो बोर्डमा खेलेका झापाका प्रकाश नेपाल र धनकुटाका सुमन श्रेष्ठ समान ४.५ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । पाँचौ राउण्डमा नेपाल र श्रेष्ठले बराबरी खेलेसँगै दुबैको समान अंक भएको हो । त्यस्तै सप्तरीका सिंहेश्वर दास ,सुनसरीका प्रज्वल घिमिरे र भोजपुरका सुमन राईले पनि पाँचौ राउण्डमा जित हात पारेका छन् । जितसँगै उनीहरुको समान चार अंक भएको छ । उता पाँचौ राउण्डको पराजयसँगै सप्तरीका मनोज विक र पाँचथरका एलिन आङ्गदेम्बेको भने अन्तिम सातमा पर्ने संभाबना कठिन भएको छ । आस गरिएका झापाका राजन सुवेदी,उदयपुरका महेश कुमार बस्नेत र तेह्रथुमका लक्ष्मी प्रसाद कन्दङ्गवा पनि कमजोर प्रदर्शनसँगै पछि परेका छन् । उता महिलातर्फ झापाकी कृपा अधिकारीले एकल अग्रता लिएकी छन् । उनको ४.५ अंक रहेको छ । पाँचौ राउण्डमा पहिलो बोर्डमा खेलेकी उनले मोरङ्गकी ममता सहनीलाई चित ख्वाएकी थिइन् । त्यस्तै झापाकै पुनम प्रसाई र ताप्लेजुङ्गकीे शुशिला गुरुङ्ग पनि पाँचौ राउण्डको जितसँगै चार अंक जोड्न सफल भएका छन् । मोरङ्गकै खुसी मुखीया र ममता सहनी,झापाकी खुस्बु थापा र भोजपुरकी पुर्णीमा राई समान तीन अंकाका साथ अन्तिम पाँचका लागी संर्घर्ष गरिरहेका छन् । मोरङ्गकी आष्मा थापाको २.५ अंक रहेको छ । उनले बाँकी दुबै राउण्डमा जित निकाले छनोट हुनेछिन् । प्रतियोगिताबाट पुरुषतर्फ उत्कृष्ट सात र महिलातर्फ पाँच आगामी पुष आठमा धनकुटामा हुने सातौ राष्ट्रिय प्रतियोगिताका लागी छनोट हुनेछन् । छनोटमा पुर्वाञ्चलका १६ जिल्लाका ४४ खेलाडीको सहभागिता रहेको छ । भोली अन्तिम दिन छैटौ र सातौ राउण्डका खेल हुनेछन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment