किरात राई विद्यार्थीको राष्ट्रिय सम्मेलन इलाममा शुरु

इलाम, २६ मंसिर ः किरात राई विद्यार्थी संघको आठौँ राष्ट्रिय सम्मेलन इलाम सदरमुुकाममा आइतबारबाट शुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले जनताको लामो समय पछिको आन्दोलनले गणतन्त्र सहित संविधान जारी गरेको बताउँदै जनताको जनमतद्वारा संविधान संसोधन गर्ने बताए । उनले जनताले आ–आफ्नो क्षेत्रबाट यहाँ सम्मको परिवर्तनमा साथ दिएको बताउँदै अब पनि संविधान संसोधन गरेर देशलाई विकासको अग्र दिशातिर लैजान साथ दिने धारणा राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नम्बर एकका इन्चार्ज गोपाल किराती, केन्द्रका केन्द्रीय सदस्य सुुर्यवाला राई, संघिय समाजवादी फोरमका भूूराज राई, किरात राष्ट्रिय विद्यार्थी संघका संस्थापक उपाध्यक्ष भिम राई किराविका केन्द्रिय उपाध्यक्ष केनकुुमार राई, लगायतले मन्तब्य राख्दै पहिचानवादी शक्ति एक हुुनुपर्ने धारणा राखेका छन्् । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार तथा स्थानिय स्तरमा रहेका कलाकारहरुले प्रस्तुुित समेत दिएका दिएका थिए ।
चौक बजारमा उद्घाटन भएको कार्यक्रमको बन्दसत्र गौतमबुुद्ध सभागृहमा हुुने बताइएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै २८ गते सम्पन्न हुुने बताइएको छ ।
यसै क्रममा इलामको सातौँ जिल्ला सम्मेलन समेत आइतबारबाट सुरु भएको छ । सम्मेलनले केन्द्रिय तथा जिल्लामा नयाँ पदाधिकारी चयन गर्ने बताइएको छ । कार्यक्रममा केन्द्रका लागि करिब तीन सय र जिल्लाका लागि दुुई सय प्रतिनिधि सदरमुकाम भित्रिएको केन्द्रीय सदस्य रोशन राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment