इलाम,२७ मंसिर । भारतको गोवामा सम्पन्न प्रथम अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी इलामका खेलाडीहरुले ६ स्वर्ण र २ रजत पदक जितेका छन । नेपाली टिमको प्रतिनिधित्व गर्दै गोवा गएका इलामका एलिसा धामीले १ स्वर्ण, आकाश थापा, अन्जली राई,भुपाल मगरले १÷१ स्वर्ण, समिक्षा लेप्चा र अरुण सुव्वाले स्वर्ण सहित रजत पदक प्राप्त गरेको कराँतेका अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लीङ राईले जानकारी दिनुभयो । प्रतियोगिता डिसेम्वर ९ तारिक देखी ११ तारिकसम्म गोवाको कम्पल इन्डोर स्टेडियममा संचालन भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment