अन्तराष्ट्रिय कराँते प्रतियोगितामा इलामे खेलाडी जम्दै

नमिन ढकाल

इलाम, ६ पुसः  इलामको कराँते इतिहास नयाँ होइन वि.सं. २०४५ सालमा जिल्ला कराँते संघको स्थापना भएपछि आधिकारिक रुपमा इलाममा कराँते खेलको विकास भएको हो । यसभन्दा अघि पनि विभिन्न स्थानमा भारतबाट आएका लाहुरेहरुबाट कराते सिकाइने गरेको थियो तर आधिकारिकता थिएन । वि.सं.२०४५ सालमा हालका जिल्ला कराँते संघका मुख्य प्रशिक्षक योगेश चाम्लिङ्ग राई आफै अध्यक्ष र प्रशिक्षक रही जिल्ला कराँते संघ इलामको स्थापना भयो तर खेलाडी जुटाउन धेरै समस्या भएको थियो । कराँते भन्ने बित्तिकै कुटने पिटने खेल भएको भन्ने भ्रमका कारण डरले त्रसित भएर अभिभावकहरुले आप्mना छोराछोरीलाई कराँते प्रशिक्षणमा पठाउन डराउथे तै पनि जसो तसो १ सय ५० जना खेलाडीहरु संकलन गरी इलाममा कराँते प्रशिक्षण गराउन थालियो । करिब ५० जना जतिले मात्र पुर्ण प्रशिक्षण लिए । तत्कालिन समयका शेखर गुरुङ्ग, उर्मिला राई, विजय ताम्राकार, बबुल भक्तराज, लजिता योन्जन, सन्जीता भक्तराज जस्ता खेलाडीहरुले इलामबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक दिलाउन महत्वपुर्ण योगदान दिए । 
इलाममा कराँते संघ स्थापना भएको १ वर्षपछि अध्यक्ष योगेश चाम्लिङ्गको आप्mनो गृह नगरमा कुटीडाँडा कराते डोजो स्थापना भयो । सुरुवातमा ५०÷६० को संख्यामा खेलाडीहरुबाट प्रशिक्षण गराउन थालियो । क्रमागत रुपमा प्रचारपसार सँगै अभिभावकहरुमा पनि कराँतेको महत्व स्पष्ट पारेपछि जिल्लाका पशुपतिनगर, गोर्खे, मंगलबारे, आइतवारे जस्ता ठाउँमा डोजो स्थापना गरी कुटिडाँडा डोजोबाट उत्पादन भएका खेलाडीहरुलाई प्रशिक्षकका रुपमा पठाउन थालियो । १० वर्षे शसस्त्र जनयुद्ध सुरु भएपछि द्धन्दरत पक्षबाट प्रत्यक्ष रुपमा धम्की नआएपनि मानसिक तनाव भइरहने कारणले इलामको कराँते केही सुस्त गतिमा अघि बढी नै रहेको थियो । ०६२÷६३ पछि इलामका कुनाकुनामा डोजोको माग हवात्तै बढेपछि प्रदिप प्रधान, राजकुमार मुखिया, सुनिता श्रेष्ठ, सुस्मिता निरौला, सैजा राई, विर्ख सुब्बा, सरोज निरौला जस्ता खारिएका खेलाडीहरुको उदय भयो । 
त्यसताकाका खेलाडीहरुलाई सोयाङ्ग–नाम्सालिङ्ग डोजो, दानाबारी डोजो, शान्तिपुर डोजो, इरौटार बहुवन डोजो, किटेनी डोजो, नेपालटार डोजो, फुङनाम–साकफारा डोजा, तिनघरे–सुन्तले डोजो स्थापना गरी प्रशिक्षकको रुपमा पठाइयो । हाल जिल्लामा २५ भन्दा बढी डोजोमा करिब ७ सय भन्दा बढी खेलाडीहरु ह्वाइट वेल्ट देखि ब्ल्याक बेल्ट, थ्री डानसम्म इलामबाट उत्पादन भइसकेका छन । वि.सं.२०६३ पछि उत्पादनका भएका नवप्रतिभाशाली खेलाडीहरु नेपाली सेना, नेपाल पुलिस, शसस्त्र प्रहरी बलका साथै देशका विभिन्न विद्यालयहरुमा कराँते प्रशिक्षकहरुको रुपमा कार्यरत छन । केही स्थानका डोजोहरु भने खेलाडी र प्रशिक्षक व्यवस्थापन गर्न नसक्दा कमजोर अवस्थामा रहेका छन । तत्कालिन समयका खेलाडीहरु राम राई, राम खवास, तारा राई, मनकुमारी राई जस्ता खेलाडीहरु हाल विभिन्न जिल्लामा नायव सुब्बा सरहको सहायक कराँते प्रशिक्षकको रुपमा कार्यरत छन । 
इलामले देश विदेशमा हुने विभिन्न करातेका प्रतियोगिताबाट रित्तो हात फर्कनुपरेको छैन् । भर्खरै गोवामा सम्पन्न प्रथम अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दे इलामका दुई खेलाडीले स्वर्ण सहित रजत र चार खेलाडीले स्वर्ण पदक हात पारेका थिए । अहिले आएर इलामको करातेमा साना उमेर समुहदेखि युवाहरु सवैको आर्कषण बढदै गइरहेको प्रशिक्षक योगेश चाम्लिङले बताए । सरकारले कराँते खेल व्यवसायिकता तर्फ चासो नदिँदा सम्भावना बोकेको  खेलाडीहरु विदेश पलायन भइरहेकोमा चिन्तित रहेको चाम्लिङले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment