इलाम, ३ पौष (चियाबारी संवाददाता)ः माइखोलामा डुवेर एक बृद्धाको आइतबार ज्यान गएको छ । ज्यान गुमाउनेमा महमाई–७ जोरखोला निवासी ७९ बर्षिया पुर्णमाया राई रहेकी छन । महमाईबाट दानाबारी जाने क्रममा अपराहन्न २ बजे खोलामा डुवेर उनको ज्यान गएको हो । मादक पर्दाथ सेवन गरी खोला तरेको कारण उनको डुवेर मृत्यु भएको हुन सक्ने प्रहरी चौकी महमाईले जनाएको छ । मृतक राईका लास निर्माणाधिन पुलभन्दा करिव १०० मिटर तल फेला परेको थियो । लासलाई सनाखत गरी पोसमार्टमका लागी मेची अञ्चल अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको प्रहरी चौकी महमाईका हबलदार कृष्ण गिरीले बताए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment