मंगलबारे, ३ पुसः जुुनियर तथा युुवा रेडक्रसको आगामी ३२ औं जिल्ला स्तरिय गोष्ठि कोलबुुङस्थित शान्ति निकेतन माविमा हुने भएको छ । देउमाई नगरपालिका स्थित मंगलबारे बहुुमुखी क्याम्पसमा शनिबार सम्पन्न ३१ औ गोष्ठिले सो निर्णय गरेको हो । गत शुुक्रबार सुरु भएको गोष्ठि दुुई दिन सम्म चलेको थियो । समापन कार्यक्रमका अवसरका मंगलबारे बहुुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुुख नेत्र नेपालले शान्ति निकेतन माविका शिक्षक नायक भुुपाल खड्कालाई रेडक्रसको झण्डा हस्तान्तरण गर्दे आगामी वर्ष गोष्ठिको जिम्मा लगाएका थिए ।
कार्यक्रममा उपस्थित रेडक्रसकर्मीहरुले रेडक्रसका सात सिद्धान्त जीवनका हरेक ब्यवहारमा लागुु गर्न सके मानिस सफल बन्ने धारणा राखेका थिए । अन्य कार्यक्रममा राजनीतिक भाषण गर्ने स्थानिय नेताहरुले समेत सो कार्यक्रममा रेडक्रसको भाषण सुुने अनि आफुुहरुले पनि पवित्र संस्था रेडक्रसको गुुणगान गाए । मंगलबारे बहुुमुखी क्याम्पस स्थापना भएको १० औँ वर्ष पछि रेडक्रसको जिल्ला स्तरिय कार्यक्रम भएको भन्दै शिक्षक, अभिभावक, बिद्यार्थी र स्थानिय निकै हर्षित थिए ।
कार्यक्रम सफल बनाउन मंगलबारे क्षेत्रका अन्य विद्यालयहरुले समेत सक्दो सहयोग गरेका थिए । भानुुभक्त मावि, सुुर्योदय शिक्षा सदन मावि, सिर्जनशिल आवाशिय मावि, मर्निङ ग्लोरी मावि लगायतका विद्यालयहरुका विद्यार्थी र शिक्षक समेत कार्यक्रम सम्पन्न गर्न निकै खटेका थिए । जिल्लाका १५ वटा उपशाखा मार्फत जिल्ला भरीका विद्यालय, क्याम्पस तथा युुवा रेडक्रस सर्कलका एक सय ६८ प्रतिनिधि लगायत शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमका सहभागीहरुलाई क्याम्पसमा नै खाने ब्यवस्था गरिएको थियो भने आवासका लागि स्थानिय घर तथा होटलमा ब्यवस्था मिलाइएको गोष्ठि आयोजक समिति सचिव नविन आचार्यले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका संस्थापक सदस्य तथा पुुर्व सभापति युुद्धप्रसाद वैद्य, जिल्ला सभापति देवी गौतम, जिशिका प्रतिनिधि तथा मंगलबारे श्रोत केन्द्रका श्रोत ब्यक्ति जय भण्डारी, शिक्षक संगठन इलामका अध्यक्ष पुुर्णप्रसाद गौतम, क्याम्पस अक्षयकोष स्थापनाकर्ता पुुर्णचन्द्र श्रेष्ठ, क्याम्पस सञ्चालक समिति सदस्य हेममणी प्रधान, इलाम उद्योग वाणिज्य संघ शाखा मंगलबारेका अध्यक्ष मात्रिका घिमिरे, क्याम्पस सञ्चालक समिति अध्यक्ष भिमलाल खनाल, सदस्य राम राना, नेरेशो शाखा मन्त्री रविन्द्र श्रेष्ठ, रतन चौधरी, वातावरण संरक्षण मञ्च मंगलबारेका अध्यक्ष ताराचन्द्र ढ््ङ्गाना लगायतले मन्तब्य राख्दै रेडक्रसका बारेमा जानकारी साटासाट गरेका थिए ।
गोष्ठिले आगामी वर्ष जिल्लाभरी सञ्चालन गरिने क्रियाकलाप सुुची समेत बनाएको छ । उद्घाटन कार्यक्रममा स्थानिय गजुुरमुखी डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुुत गर्दा उपस्थित दर्शकहरुले अझ मुुख र तालीले साथ दिँदा त्यहाँको माहोल एकदमै साङ्गीतिक भएको महसुुस हुुन्थ्यो । कार्यक्रममा भानुुभक्त मावि, सुुर्योदय शिक्षा सदन, सिर्जनशिल मावि मंगलबारे, मर्निङग्लोरी सेकेन्डरी स्कुल लगायतका तर्फबाट नृत्य प्रस्तुुत गरिएको थियो । उद्घाटन कार्यक्रम युुवा रेडक्रस सर्कल मंगलबारे बहुुमुखी क्याम्पसका अध्यक्ष हरि चापागाईको अध्यक्षतामा भएको थियो भने समापन कार्यक्रम गोष्ठि आयोजक समिति संयोजक मेघ चौँलागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
0 comments:
Post a Comment