इलाम ७ पुुस ः विद्यार्थी संगठनबिच विवाद हुँदा महेन्द्ररत्न बहुमूखी क्याम्पस इलाममा बिहीबार बिहान तोडफोड भएको छ । तोडफोड हुँदा क्याम्पसको १३ नम्बर हलको पाँच वटा झ्यालका सिसा र एउटा ढोकामा क्षति भएको क्याम्पस प्रसाशनले जनाएकोे छ । अनेरास्ववियुले बिहानै अगुवा कार्यकर्ता प्रशिक्षण गर्न थालेको कार्यक्रममा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र संघिय विद्यार्थी युनियनले कार्यक्रम रोक्न खोज्दा विवाद भई तोडफोड भएको बताइएको छ ।
क्याम्पसमा अनेरास्ववियुको कार्यक्रमको बारेमा कुनैपनि जानकारी नभएको कारण अचानक घटना भएको निमित्त क्याम्पस प्रमुख धनबहादुर न्यौपानेले जानकारी दिए । अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनले क्याम्पसको बस दुरुपयोगको समस्या समाधान नभएसम्म कुनै पनि संगठनलाई कार्यक्रम गर्न नदिने भन्दै विज्ञप्ती मार्फत क्याम्पस प्रशासनलाई बुधबार नै जानकारी गराएको बताएका थिए ।
कार्यक्रम गर्न नदिने संगठनले सार्वजनिक गरेको कार्यक्रमलाई अनेरास्ववियुले नमानी जबरजस्ती कार्यक्रम गर्न खोजेपछि भएको विवाद भएको त्यसले तोडफोडको रुप लिएको क्याम्पस प्रशासनको भनाई छ । तीन विद्यार्थी संगठनले भने क्याम्पस प्रशासनको बेवास्ताका कारण तोडफोड भएको बताएका छन् ।
गत मंसिर २८ गते अनेरास्ववियूले क्याम्पसको बसलाई वनभोजका लागि लगेर दुरपयोग गरेको विषयमा स्पष्टिकरण लिई कारवाही गर्नुपर्ने, क्याम्पसँग भएको माइन्यूट च्यात्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग सम्बोधन गर्न तीन विद्यार्थी संगठनले मंगलबार साँझसम्मको अन्तिम समय सिमा दिएका थिए । दिएको समय सिमा भित्र क्याम्पस प्रशासनले समस्याको समाधान गर्न नखोजेकोले क्याम्पसमा यस्तो घट्ना भएको तीन संगठनको आरोप छ ।
आरोपको विषयमा निमित्त क्याम्पस प्रमुख न्यौपानेले क्याम्पस प्रमुुखले समाधानको पहल गर्दा गर्दै अचानक अस्वाथ्यका कारण काठमाडौं जानुपर्ने भएकोले समयमै समाधान हुन नसकेको स्वीकार गरे । उनले घटनापछि दुवै तर्फका विद्यार्थी संगठनलाई छलफल गरी समाधान पहल गरी रहेको बताए ।
क्याम्पससँगको समस्या समाधान नभइन्जेलसम्म क्यम्पसमा कुनै पनि कार्यक्रम गर्न नदिने घोषित कार्यक्रम अनुसार कार्यक्रम नगर्न आग्रह गर्न जाँदा आक्रमणमा उत्रिएपछि प्रतिवाद गरेको तीन विद्यार्थी संगठनले बताएका छन् । दुवै तर्फका आक्रोसित विद्यार्थीलले झडपमा नउत्रिन आग्रह गर्दागर्दै जबरजस्ती गरेपछि विवाद चुलिँदै गएर झडप भएको र हुुन पुुगेको बताएका छन् ।
अखिलको पूर्व निर्धारित कार्यक्रम भई रहेको हलमा अन्य विद्यार्थी संगठन तोडफोडसँगै ढुङ्गा मुढा गर्न उत्रिएको अनेरास्ववियु क्षेत्र नम्वर तीनका विद्यार्थी इन्चार्ज दिनेश ढकालले बताए । स्ववियुु सम्बन्धि छलफल, अगुुवा कार्यकर्ता भेला र विद्यार्थीका समसायिक विषयमा छलफल भइरहेका समयमा अन्य विद्यार्थी संगठनले बिथोल्नु लोकतान्त्रिक प्रावधान विपरित भएको प्रतिक्रिया दिए । ढकालले सुरुमा अन्य विद्यार्थी संगठनले झडपको स्थिती निम्त्याएको बताए । केहि दिन अगाडी नै तय भएको कार्यक्रम भएकाले सो कार्यक्रम आफुहरुmे गरेको ढकालले बताए ।
अनेरास्ववियूले क्याम्पसको बस दुरुपयोग गरेको विषयमा तीन विद्यार्थी संगठनले छानबिन गरी कारवाही गर्न भनि क्याम्पस प्रशासनसँग गरेको माइन्यूटज च्यातेपछि यसो गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग सहित पठन पठानसँगै क्याम्पसको प्रशासनिक काम बाहेक अरु कुनैपनि कार्यक्रम गर्न नदिने विज्ञप्ती मार्फत जानकारी गराएको बताएका छन् । विरोध स्वरुप शान्तिपुुर्ण कार्यक्रम तय गरिएको र सोही अनुुसार प्रशासनले अटेर गरेपछि नाराबाजी गर्ने क्रममा १३ नम्बर हलमा पुुग्दा हल भित्रबाट रड र ढुुङ्गा आउन थाले पछि त्यसको प्रतिवाद मात्र गरेको नेवि संघका क्याम्पस सदस्य बविन बोखिमले बताए । शान्तिपुुर्ण आन्दोलन विथोल्न अनेरास्ववियुुका तर्फबाट अन्य संगठनमाथि आक्रमण गरेको र केही विद्यार्थीहरु घाइते भएको अखिल क्रान्तिकारीका क्याम्पस इन्चार्ज विपिन पोख्रेलले बताए । आफुहरुले माग पुुरा नभइन्जेल कार्यक्रम नगर्न आग्रह गर्दा गर्दै जबरजस्ती गरेपछि भडपको भएको पोख्रेलको भनाई छ । कार्यक्रम गर्न नदिने पूर्व निर्धारित कार्यक्रमको बारेमा जानकारी गराउँदै कार्यक्रम रोक्न आग्रह गर्दा पछाडिका विद्यार्थीबाट आक्रमण हुन थालेकोे अखिल क्रान्तिकारी इलामका सह–इन्चार्ज सन्धिभक्त शंकरले बताए ।
बसको दुरुपयोगको विषयमा क्याम्पस प्रशासनले चासो नदेखाएपछि यस्तो घटना भएको संघीय विद्यार्थी युनियनका अध्यक्ष राम लिङ्दमले जानकारी गराए । उनले बसको दुरुपयोग र माइन्यूट च्यात्नेलाई कारबाहीको दायरामा ल्याए समस्याको समाधान हुने समेत बताए । यता क्याम्पस प्रमुख यादव भारद्धाजले भने स्वास्थ्यमा समस्या आएर आफुु काठमाडौंमा रहेको बताएका छन् । साथै चार विद्यार्थी संगठनले संयुक्त र अनेरास्ववियुले समेत छुट्टा छुट्टै विज्ञप्ती निकालेर एकआपसमा दोषारोपण गरेको छन् ।
0 comments:
Post a Comment