इलाम क्याम्पसमा अखिलको दादागिरी बढेको आरोप, क्याम्पस प्रशासनले गरेको निर्णय च्यात्दा पनि प्रशासन मौन


इलाम ४ पुुस ः नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूूले महेन्द्ररत्न बहुुमुखी क्याम्पसमा दादागिरी गरेको भन्दै अन्य संगठनहरुले विरोध गरेका छन् । गत मंसिर ३० गते क्याम्पस प्रमुुख यादव भारद्धाज र अन्य विद्यार्थी संगठनका प्रतिनिधि सहित बसेको बैठकले गरेको निर्णय सोमबार अखिलका प्रतिनिधिले च्यातेपछि अखिलको दादागिरी सार्वजनिक भएको हो । उनीहरुले क्याम्पस प्रमुखकै कार्यकक्षमा सो निर्णय च्यातेका थिए ।
क्याम्पस प्रशासनले क्याम्पसकै अन्य विषयमा छलफल गर्न विद्यार्थी संगठनहरुलाई बोलाएको थियो । छलफलमा उपस्थित अन्य विद्यार्थी संगठनका प्रतिनिधिले हस्ताक्षर गरेपछि अखिलका प्रतिनिधिले हस्ताक्षर गर्ने समयमा उनीहरुले हस्ताक्षर गर्ने बहानामा ३० गते गरेको निर्णय च्यातेका थिए । अखिलका क्याम्पस प्रतिनिधि दिनेश ढकालले सो निर्णय च्यातेसँगै एकछिन त्यहाँ तनावकै स्थिति उत्पन्न भयो ।
छलफलमा उपस्थित नेविसंघका प्रतिनिधि वविन बोखिन राईले भने– ‘हामी पनि त्यहाँ केही गर्न सक्थ्यौँ तर क्याम्पससँगको कुुरा भएकाले त्यहाँ केही गरेनौँ ।’ उनीहरुले आज मंगलबार ५ गते बेलुुका ५ बजे सम्ममा माइन्युट च्यातेको विषयमा माइन्युट च्यात्नेलाई कारवाही गर्न भन्दै क्याम्पस प्रशासनलाई अल्टिमेटम दिएका छन् ।
त्यस्तै अखिल (क्रान्तिकारी) का क्याम्पस इन्चार्ज विपिन पोख्रेलले भने– ‘हामीले दिएको समय भित्र समेत क्याम्पस प्रशासनले उनीहरुलाई कारवाही गरेन भने आन्दोलनका कार्यक्रम घोषणा गर्छौँ ।’
उता माइनेट च्यात्ने संगठनका प्रतिनिधि दिनेश ढकालले समेत चियाबारी दैनिकसँग हाँस्दै (फोन सम्पर्कमा) माइन्यूट च्यातेको स्विकारे । उनले भने– ‘राजनीति हो यस्तै हुुँदो रहेछ ।’ अखिलका जिल्ला अध्यक्ष इश्वरी तामाङले भने आफुु बाहिरबाट भर्खरै आएको र सो विषयमा खासै जानकारी नभएको प्रतिक्रिया दिए । यस विषयलाई अन्य विद्यार्थी संगठनहरुले गम्भीर रुपमा लिएको भन्दै यस विषयलाई त्यत्तिकै नछोड्ने चेतावनी दिएका छन्  ।
घटना पछि आक्रोशित भएका नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी फोरमका प्रतिनिधिहरुले सोमबार विज्ञप्ति मार्फत समेत विरोध जनाएका छन्  ।
उनीहरुले विज्ञप्ति मार्फत– ‘पछिल्लो समय क्याम्पस प्रशासनको लापरवाही र केही संगठनको अराजक कार्य शैलीको कारण क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुबिच क्याम्सपसले मुठभेड गर्न खोजिरहेको छ ।’ उल्लेख गरिएको छ । विज्ञप्तीमा नेपाल विद्यार्थी संघका सदस्य बबिन बोखिम राई, अखिल क्रान्तिकारीका इन्चार्ज बिपिन पोख्रेल र समाजबादी विद्यार्थी फोरमकी सचिव शिल्पा राईले हस्तक्षर गरेका छन् ।
क्याम्पस प्रमुुख यादव भारद्धाजले यस विषयमा विद्यार्थी भर्ना सम्बन्धि छलफल बोलाइएको र सोही छलफल सकिन लाग्दा गत ३० गते गरेको निर्णय अखिलका प्रतिनिधिले च्यातेर बोकेर हिँडेको बताए । यो घटना दुुखद रहेको बताउँदै प्रमुुख भारद्धाजले राम्रो काम नभएको टिप्पणी गरे । उनले क्याम्पसमा उनीहरुसँग वार्ता गराउने र मेलमिलाप गरेर अघि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment