झापाकी तनुजाको फेरियो परिचय, प्रवेश गरिन सांगितिक क्षेत्रमा (भिडियो सहित)


इलामः सञ्चारकर्मी तनुजा शर्माको परिचय फेरिएको छ । अव उनी पत्रकारीताका साथसाथै गीतकार र मोडलको रुपमा प्रस्तुत भएकी छन् । आफ्नै शब्द र अभिनय रहेको एकल गीति संग्रह ‘नशामा’ मार्फत उनी सांगितिक क्षेत्रमा प्रवेश गरेकी छन् ।
‘नशामा’ रहेको ‘खाली थिए म, तिमी भर्न आयौँ बोलको गीतमा शिव परियारको श्वर तथा राजु सिंहको संगित रहेको छ भने बब्बु थापाले भिडियोको निर्देशन गरेका छन् । तनुजा आफै र श्रीदेव भट्टराईको अभिनय रहेको गीतलाई विन्ध्यावासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।

पहिलो प्रयास भएकाले अभिनयको भाव दिन साँच्चीकै गाह्रो भएको तनुजाले बताइन । उनीसँग झण्डै १० वर्षको पत्रकारिताको अनुभव छ । २०६३ सालदेखि झापाबाट पत्रकारिता शुरु गरेकी तनुजा केही समय अघि मात्र जापान गएकी छिन् । आफू जहाँ रहे पनि पत्रकारिता र सांगितिक क्षेत्रलाई संगसँगै अघि बढाउने उनको प्रतिवद्धता छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment