जिर्मले, २२ मंसिरः खानेपानी, टेलिफोन, विद्युतको तिर्नु पर्ने महसुल सम्बन्धित निकायले उपलब्ध गराएको बिललाई सरकारी पक्षबाट आधिकारीक प्रमाण मानिने भएपनि जिर्मलेका विद्युत ग्राहकहरुले भने इरौटार ठेगाना लेखिएको बिलमा नै वर्षौदेखि विद्युत महशुल बुझाउदै आएका छन् ।
उपभोक्ताको घरमा बिजुलीको जडान गर्न नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनिपूर्जाको प्रमाणपत्रको प्रतिलिपी र सम्बन्धित गाउँ विकास समितिको सिफारिस अनिवार्य रहेको हुन्छ, नत्र प्राधिकरणले मिटरनै नदिने भएपनि जिर्मलेमा जडान गरिएको एकसय छब्बीस मिटरमध्ये करिब सत्तरी जनाको ठेगाना छिमेकी इरौटार गाविस लेखिएको छ । यस बारेमा नेपाल विद्युत प्रधिकरण फिक्कलमा बुझ्दा ‘प्रिन्ट मिस्टेक’ मात्र हो ठेगाना फरक भएमा कनै असर नहुने तर ग्राहक नम्बर नैं सही रहेको हचुवा जवाफ प्राधिकरण फिक्कलका राम देवानले बताए । विगत वर्षदेखिको समस्या भएपनि कतिपय उपभोक्ताहरुले कार्यलयमा नै गएर समस्या राखेको भएपनि हालसम्म प्राधिकरण फिक्कलले नसच्चाएको स्थानियहरुको भनाइ रहेको छ ।
सामान्य नागरिकहरुको सानो कागजात नपुगेमा काम नगर्ने विद्युत प्राधिकरणले आफ्नो आधिकारिक तीन पुस्ते विवरण पेश गरेर जडान गरेको मिटरमा कति सम्मको लार्पाबाही गरेका छन् यसबाट प्रष्ट रहेको छ । यदि नाम मिलेका इरौटारका नागरिक खडा भए वा जिर्मले ठेगाना भएका कुनै ग्राहकको यति रकम बक्यौता छ भन्ने विवरण आयो भने त्यसको जिम्मेवारी ग्राहककै थाप्लोमा पारिने हुँदा यस त्रुटीलाइ तुरुन्तै सच्चाउन उपभोक्ताहरुको माग रहेको छ ।
0 comments:
Post a Comment