माबु, २२ मंसिरः पञ्चकन्या हाइड्रोपावर प्रा.लि.ले निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर माई हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र स्थानीय स्तरमा गठित स्वतन्त्र पूर्व सुसुचित सहमति सञ्जाल माबु इलामबिच परियोजना सञ्चालन पूर्व र अवधिमा विभिन्न समयमा भएको २१ बुँदे सहमतिको पालना नगरेको बताएको छ । परियोजना निर्माण सम्पन्न भई कार्यान्वयनमा आउदा पनि स्थानीयलाई प्रभावितको शेयर वितरण नगरेको, गाविसलाई कानुनबमोजिम रोयल्टी नबुझाएको, आयोजना निर्माण पश्चात १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने सामान्य नियमको पनि परिपालना निर्माण कम्पनीले नगरेको माबुबासीले आरोप लगाएका छन् । मङ्गलबार प्रमुख जिल्ला अधिकारीसमक्ष सञ्जालले ज्ञापनपत्र बुझाउदै २१ बुँदे कम्पनी र सञ्जालबीच भएको सहमति स्मरण गराएका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सञ्जालबाट ज्ञापनपत्र बुझ्दै समस्या समाधानको लागि आफु खट्ने बताएका छन् । माबुबासीलाई खेलौना झै खेलाँची रुपमा झुलाउने, ढाँट्ने, झुट कुरा गर्ने, सम्वादमा आउने तर निर्णय गरेको कुनै पनि कुरा कार्यान्वयनमा नल्याउने काम कम्पनीले गरेको माबुबासीको बुझाई छ । अगुवा कृषक तथा नवजागरण कृषि सहकारी संस्था माबुका अध्यक्ष नन्दकुमार पुवार मगरले आयोजनाले जनतालाई झुक्याएको बताए । सोझासाझा जनतालाई जे गर्दा पनि हुन्छ भनेर हेपाहा प्रवृत्ति हाबी कम्पनीले गराएको मगरले बताए । उनले भने, ‘अब चै हेपाईको सीमा अति भो, ७ दिन भित्र हाम्रो माग पुरा भएन भने हामी चुप लागेर बन्दैनौँ ।’ सञ्जालका अध्यक्ष चेतराज राईले महिनौ वर्षौ सम्म झुलाएपछि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । निर्माणधीन योजना कार्यमा अवरोध सृजना गर्ने, आयोजना अन्र्तगतका सम्पूर्ण कार्यालयहरु तालाबन्दी गर्ने, बिब्ल्याटे माबु सडकखण्डमा सञ्चालन हुने सवारीसाधनहरु अनिश्चितकालको लागि बन्द गर्ने सञ्जालले चेतावनी दिदै बन्दका समयमा हुने सबै घटनाको आयोजनाले जिम्मा लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ । माबु गाविसभित्रको विकासको कामहरुका लागि आयोजनाले गरेको प्रतिबद्धताको पालनालाई ज्ञापन पत्रमा महत्व दिइएको छ । माबुको प्रवोध माविमा विज्ञान प्रयोगशाला निर्माण, बरबोटे माबु सन्दकपुर सडक ग्राभेल, खेलमैदान, स्वास्थ्य सामाग्री लगायतका प्रधान मागहरु सञ्जालले ज्ञापनपत्रमा उठाएको छ । सञ्जालले सरोकारवाहरुलाई समेत घटनाको जानकारी दिदै ७ दिनभित्र समस्या समाधानको लागि सुनुवाईको अपेक्षा गरेको छ । यता पञ्चकन्या हाइड्रोपावर प्रालिको इलाम स्थित कार्यालय प्रबन्धक शङ्करमणि प्रधानले प्रमुख जिल्ला अधिकारीसमक्ष आयोजनासँग छलफल नै नगरी एकतर्फी रुपले ज्ञापनपत्र बुझाउन जानु दुखद भएको बताए । ७÷८ वर्ष लगाएर आयोजना सम्पन्न गर्दा माबुबासीको अधिकांश मागलाई आयोजनाले पुरा गरेको उनले दाबी गरे । उनले भने, ‘२ महिना भित्रमै हामी प्रभावितका लागि शेयर पनि खुलाउने तयारी गर्दैछौं ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment