निर्वाचन क्षेत्र पूर्वाधारबाट सांसद थापाले छुुट्याए तीन करोड, कहाँ कति रकम छुुट्टियो ?

इलाम, २३ मंसिर ः इलाम क्षेत्र नम्बर तीनका निर्वाचित सांसद केशव थापाले क्षेत्र नम्बर तीनको विकासकालागि तीन करोड रुपैंयाँबजेट प्रस्ताव पेश गरेका छन् । निर्वाचन क्षेत्र पूूर्वाधार विषेश कार्यक्रम सञ्चालन कार्यविधि नियामवली २०७१ को नियम ३(१) मा भएको ब्यवस्था बमोजिम सोही नियमको उपनियम २ बमोजिम गठित कार्यक्रम निर्देशन तथा ब्यवस्थापन समितिको बैठकले बिहीबार सो रकम प्रस्ताव गरिएको हो ।
जिल्लाको विकासकालागि चमैता र फाकफोक गाविसकालागि चमैता वाघखोर ग्याली भन्ज्याङ देखि कृषि सडक जोड्ने फाकफोकका लागि सबैभन्दा बढि पैँतालीस लाख विनियोजन गरिएको छ । पुुवामझुुवा गाविस स्थित चमैता वाघखोर फुुस्रे भन्ज्याङ पुुवाखोला माईपोखरी मिलगोलाई सडक खण्डलाई बीस लाख, शान्तिडाँडा गाविसकालागि गुुम्बाडाँडा असारे गैरीबाट पैरे भन्ज्याङ हुुँदै ओझेले मोटरबाटोका लागि बीस लाख, सुुलुुबुुङ गाविस स्थित दाह्ीभन्ज्याङ नक्कले आशिष चौतारा, आरुबोटे हुुँदै गैरीगाउँ मोटर बाटोकालागि बीस लाख रकम विनियोजन गरिएको छ । त्यस्तै प्याङ गाविसकालागि विद्युुत विस्तारकालागि पचास केभिए ट्रान्सफर खरिदकालागि पन्ध्र लाख, माइपोखरी गाविसकालागि ठुुलोपुुवाखोला माइपोखरीबाट चन्द्रोदय निमावि हुुँदै आहाले देउराली मोटरबाटोका लागि पन्ध्र लाख, जोगमाई गाविसमा विद्युत विस्तारकै लागि २२ वटा एचटि पोल, आठ वटा एलटि पोल तार सहित लाइन विस्तारकालगि तेह् लाख, माइमझुवा गाविसकालागि विद्युतिकरणकैलागि पचास केभिएको ट्रान्फरमर खरिद सहित पोल र तार बिस्तारकालागि बाह् लाख रकम विनियोजन गरिएको छ भने मावबु गाविसकालागि समेत विद्युत पोल र तार बिस्तारका लागि एघार लाख रकम छुुट्याइएको छ ।
साथै फाकफोक गाविसकैलागि देउराली फलाँटे फुुस्रे तीनजुुरे सम्म बाटो स्तरोन्नतिका लागि दश लाख, बरबोटे गाविसकालागि बहुुउदेश्यीय कवड हल निर्माणका लागि दश लाख र बरबोटे २ नाका भई देवीस्थान ज्यारेज हुँदै हिमालय सडक अँधेरीखोला कालोढुुङ्गा मोटरबाटोका लागि दश लाख रकम विनियोजन भएको छ ।  
सोयाङ गाविसकालागि वडा नम्बर एक, तीन र चारकालागि विद्युत विस्तारमा पचास केभिएको ट्रान्सफरमर खरिदकालागि दश लाख, नामसालिङ गाविस शुुक्रबारे बजार ग्रेड सुुधार तथा सोलिङ गर्दै नर्सरी बौद्ध प्रावि नयाँबजार पोखरी सडककालागि दश लाख रकम विनियोजन गरिएको छ । सांसद थापाले नयाँबजार गाविसमा बालागुुरु शिवालय धाम निर्माणकालागि दश लाख, जमुुना गाविसमा ढाप सिमसार संरक्षण तथा विकास पोखरी निर्माणकालागि दश लाख, सुुम्बेक गाविसकालागि सुुम्बेक सानिमाई हेल्थपोष्ट डाँडा हुँदै चित्रे रुलुुक माइखोला मोटरेवल सडककालागि दश लाख रकम निनियोजन गरेका छन् । त्यस्तै माइपोखरी गाविसको विकासकालागि मलातेबाट पुुवाखोला बजार हुुँदै देवकोटा प्रावि भित्ते मोटरबाटोकालागि दश लाख, साखेजुुङ गाविस स्थित नर्सरी गोलाइबाट लेकबारी हुुँदै वेतेनी जोड्ने सडककालागि दश लाख र साखेजुुङ गाविसकै करविर राइस मिलबाट सरदारेबेंसी झोलुुङ्गे पुुल सम्म जाने बाटोकालागि दश लाख रकम विनियोजन गरिएको छ । कन्टेन्जेन्सी तीन प्रतिशत भन्दै नौलाख रकम छुुट्यायएको छ । सांसद थापाले सांसद विकास कोष मार्फत इलाम नगरपालिका लागि भने कतै रकम विनियोजना नगरेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment