इलाम, ९ माघ ः सवारी धनीले यात्रुसँग मनपरी रुपमा भाडा असुुल्ने गरेको समाचार नौलो अनि नयाँ नहुुन सक्छ । तोकिएको भन्दा पाँच, दश रुपैंयाँ बढि भाडा लिने गरेको कुुरा खासै बाहिर नआए पनि एक सवारीचालकले दोब्बर भाडा यात्रुसँग असुुलेका छन् । गत माघ सात गते कन्यामबाट कोल्बुुङ जानेक्रममा इलाम जमुुना चारका प्रज्वल भट्टराईसँग मे१ज २१२८ नम्बरको जीपले दोब्बर बढि रकम असुुलेको यात्रुुले गुुनासो गरेका छन् । कन्याम पाल्टागेँबाट कोल्बुङसम्मको यात्रामा सो सवारी प्रयोग गरेवापत चालकले एक सय रुपैंयाँ लिएको भट्टराईले बताए । यस विषयमा गाडी धनी डिल्लीराम निरौलालाई फोन सम्पर्क गरी बुुझ्दा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले गाडी चालकसँग बुुझ्दा असी रुपैंयाँ भन्दा माथी नै भाडा दररेट रहेको र सो दिन पनि एक सय लिएको जानकारी आफुलाई चालकले गराएको बताए ।
पिडित भट्टराईले मनपरी रुपमा गाडीभाडा असुलेको भन्दै गाडीका चालक र सवारी दुवैलाई नियन्त्रणमा लिई नेपाल सरकारको मौजुदा कानुनबमोजिम कारबाही गरि बढि लिएको रकम समेत असुलउपर गरिदिन हुन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय इलाममा उजुुरी गरेका छन् भने चियाबारी दैनिकमा बोधार्थ समेत दिएका छन् ।
साथै उनले नोट भनेर– ‘यसरी ठगी गर्ने विरुद्ध उजुरी गर्ने बानी बसाल्नकै लागि मेरो निवेदन पेश भएकोले विषयवस्तुलाई गम्भीरतापूर्वक लिइदिन हुन अनुरोध गर्दछु,’ भनेर समेत उल्लेख गरेका छन् । यस विषयमा छानबिन गरेर गल्ती भए सवारी र चालकलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
0 comments:
Post a Comment