सिद्धार्थ डेभलपमेन्टले ६० प्रतिशत हकप्रद जारी गर्ने,बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

सिद्धार्थ डेभलपमेण्ट बैंक (SDBL)  ले गत बार्षिक साधारणसभाबाट पारित गराएको ६० प्रतिशत अर्थात दश बराबर छ कित्ता हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
 आइतबार सिद्धार्थ डेभलपमेण्ट बैंक र र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सेयर निष्सकान सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे।
बैंकको मंसिर २४ गते भएको साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।
अहिले बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस बितरण गरेको थियो ।
हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड पुग्नेछ। बैंकले चालु आर्थिक वर्षमा आर्जित मुनाफबाट बोनश वितरण गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बनाएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । पहिलो त्रैमासमा बैंकले प्रतिशेयर आम्दानी १६ रुपैंया २५ पैसा बनाएको छ ।
बैंकले देशभर रहेको ३३। शाखा सञ्जाल मार्पmत आफनो लक्षित ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । चालु आ।व।मा ८ वटा नया शाखा कार्यालयहरु विस्तार गर्ने क्रममा रहेको बैंकले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment