ईलाम सेवा समाज दोहा कतारले आफ्नो दोस्रो बार्षीकोत्सव तथा बनभोज कार्यक्रम सम्पन्न

कुबेर लुईटेल दोहा,

१३ जनवरि २०१७ शुक्रबारको दिन ईलाम सेवा समाज दोहा कतारले आफ्नो दोस्रो बार्षीकोत्सव तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । उक्त बनभोज कार्यक्रमबाट संकलित रकम बर्षका उत्कृष्ट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने मुख्य लक्ष लिएर गरिएको उक्त बनभोज भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा कार्यसमिति सदस्य श्री लेखु काफ्लेको गजलले स्वागत गरिएको थियो । गैर आवासिय नेपाली संघ NRNA ICC कतारको सदस्य श्री बिनोद भट्टराई प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा NRNA NCC कातारका कोषाध्यक्ष श्री भेषराज पराजुलि ई.से.स दोहा कतारका निवर्तमान सल्लाहकार श्री दिलकिरण खजुम साथै नेपाललाई विश्व सामु चिनाउन तथा सगरमाथा नेपालमा पर्छ र भगवान गौतम बुद्ध नेपालमा जन्मिएका थिए भन्दै २००४ बाट विश्व साईकल यात्रामा निस्किएका श्री लोकबन्धु कार्की र श्री जनार्दन खनाल बिशेष अथिति थिए । विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारिहरु, दोहाबासी ईलामेली तथा गैर ईलामेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । ईलाम काँचो हिरा हो यसलाई चम्काउँने जिम्मा हाम्रो हो भन्दै संस्थाका महासचिब श्री प्रेम सागर सुबेदिले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
संस्थापक तथा संस्थाको प्रथम उपाध्यक्ष श्रीमति रनु कार्कीले आफुले गरेको मेहनतले सार्थकता पाएको भन्दै ईलामेलि दाजुभाई तथा दिदीबहिनीहरुको उल्लासमय उपस्थितिले गर्वले आफ्नो छाति चौडा भएको भन्दै अथितिहरुलाई हृदय देखि नै स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो । ईलामेलीहरुले नै हो ईलाम सेवा समाजलाई फलाउने, फुलाउने र सबल बनाउने दोहा बासि हरेक ईलामेलीहरु यो संस्थामा आफ्नो घर सम्झेर आउनु पर्ने तथा आगामि २ बर्ष भित्र ईलामबासीलाई नेपाल फर्कने वातावरण ईलाम सेवा समाजले श्रृजना गर्ने भन्दै ईलामको बिशेषतामा प्रकाश पार्दै पुर्णरुपले ईलाम समेटिएको (मेरो ईलाम) शिर्सकको कविताले कार्यसमिति सदस्य श्री कर्ण बहादुर लिम्बुले सबैको मनमा ईलाम रोपेर जानुभयो । हरेक ईलामेलीहरुले आफु भित्र ईलाम बोकेर हिडेको भन्दै पहाडकि रानी भनेर चिनिने ईलाम एक पटक आउनुस स्विजर्ल्याण्ड जानू पर्दैन भन्दै संस्थाका सल्लाहकार सदस्य श्री तिलबिक्रम थेबेले छुट्टिमा घर गएको बेला ईलाम घुम्न सबैलाई निमन्त्रणा गर्नु भएको थियो ।
आफ्नो संतानलाई झैं माँया गरेर सहि सल्लाह सुझाव तथा अतुलनिय सहयोग गर्दै आउनु भएका ई.से.स. दोहा कतारका निवर्तमान सल्लाहकार तथा समाज सेवि श्री दिल किरण खजुमले ११ जनाको सानो संगठन दुई बर्षको अवधिमा विशाल रुप लिएको बताउनु भयो । साथै राज्यले गर्नु पर्ने दाईत्व ई. से.स. दोहा कतारले पूरा गरेको भन्दै निस्वार्थ सामाजिक सेवामा तल्लिन ईलाम सेवा समाजलाई उत्तर-उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभयो । महिला समाज सेवि श्रीमति अमिना खानले एउटि महिलाको हिम्मतले ईलाम सेवा समाज दोहा कतार यतिको मौलाउन सक्छ भने हामी त्यहि बाटोमा किन नलाग्ने ? भन्दै उपाध्यक्ष श्रीमति रेनु कार्कीको शिख सिक्नुपर्ने र आफ्नो सामर्थ्य प्रस्तुत गर्नुपर्ने भन्दै दोहाबासि महिलाहरुलाई खुलेर सामाजिक कार्यमा लाग्न आग्रह समेत श्रीमति खानले गर्नुभयो । बिशेष अथिति NRNA NCC कतारका कोषाध्यक्ष श्री भेषराज पराजुलिले ईलाम जस्तै सुन्दर मनका धनि ईलामेलिहरुको संस्था ई.से.स. दोहा कतार हमेशा मानविय तथा आर्थिक सामाजिक सहयोगहरुमा अब्बल रहेको भनि प्रसंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो । प्रमुख अथिति तथा NRNA ICC सदस्य श्री बिनोद भट्टराई ज्युले पछिल्लो समयमा दर्ता गरिएको यो संस्था छोटो समयमा नै यहाँका पुराना संस्थाको दाँजोमा पुगेको बताउँनु भयो । साथै संस्थाको आगामि बर्षमा छात्रवृत्ति प्रदान गर्ने लक्ष अत्यान्तै राम्रो भएको भन्दै संस्था हरेक आफ्नो काम र लक्ष पूरा गर्दै अगाडि जाओस् भनि शुभकामना व्यक्त गर्नु भयो । विश्व साईकल यात्री श्री लोकबन्धु कार्कीले सन २००४ देखि हाल सम्म १३४ राष्ट्र घुमि सकेको र कतार १३५ औं राष्ट्र पुगेको बताउनु भयो । सो यात्रामा भोगिएका तिता मिठा अनुभव सुनाउँदै कार्कीले विश्व यात्रामा भोगिएका दु:खहरुको बावजुध यात्रा निरन्तर रहने बताउनु भयो ।

ईलामेलीहरुको तर्फबाट यात्रा सफलताको कामना गर्दै वहाँहरुको यो महान कामको सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । साथै सम्पूर्ण वक्ताहरुले प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ईलाम नघुमि नछाड्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई एक पटक ईलाम घुम्न आग्रह गर्दै शुभकामना प्रदान गर्नुभएको थियो । ई.से.स. कतारका सदस्य तथा ईलामेली कलाकार श्री भरत केसीको मारुनी नाँच साथै सुश्री लिना आचार्य सँगको ड्युवेल नाँचले दर्सकहरुलाई समेत छमछम नचाएका थिए । स्थानिय कलाकारहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा कलाकारहरुले नाँचेर गाएर मनोरञ्जन प्रदान गरेका थिए । साथै २ वटा खेल खेलाउँने योजना भए पनि समय अभावको कारणले गर्दा हाँडि फुटाउँने खेललाईमात्र समावेस गरिएको थियो । उक्त खेलमा आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै श्री खगेन्द्र परियारले हाँडि फुटाउँनु भएको थियो । खेलका बिजेता परियारलाई संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री धन बहादुर बिकबाट पुरस्कार प्रदान गरिएको थियो । अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री धन बहादुर बिकले उपस्थित सम्पुर्णलाई धन्वाद दिदै सबै समाजसेवि, बुद्धिजीवी, व्यावसायि, पत्रकार, गैरईलामेलि तथा दोहाबासि सम्पूर्ण ईलामेलीहरुको अथक प्रयासले गर्दा नै ईलाम सेवा समाजले सार्थकता पाएको बताउनु भयो । अगामि दिनहरुमा पनि तपाईंहरूको साथ तथा माँयाको अनिवार्य आशा राखेका छौं । यहाँहरु सँगको सहकार्यले नै हामी समाजमा अझ धेरै सहयोगी भुमिका निर्वाह गर्न सक्छौं भन्दै ईलामेलीहरुको घर भनेको नै ईलाम सेवा समाज हो । र आफ्नो घर राम्रो बनाउँने या लथालिङ्ग छोड्ने तपाईं हाम्रो जिम्मा भएको हुँदा आउनुहोस् हाम्रो घर राम्रो घर बनाउँन भन्दै सभापति बिकले कार्यक्रममा कुनै कमि कमजोरि भए क्षमा प्रार्प्रार्थी छौं भन्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment