नेताहरुको प्रवृतिका कारण राजनीतिप्रति जनतामा वितृष्णा : नेता पौडेल

नमीन ढकाल

इलाम, ७ चैत्रः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको दहीच्युरे प्रवृतिका कारण जनताहरुमा राजनीति प्रति वितृष्णा बढेको आरोप लगाएका छन् । राजनीतिक दलका शिर्षस्थ नेताहरुले जनताप्रति जवाफदेही भुमिका निर्वाह नगर्नाले देशमा अतिवाद निम्तने खतरा रहेको बताए । इलाममा आयोजित जिल्ला स्तरिय अगुवा कार्यकता प्रशिक्षण तथा गाउँ जागरण अभियानको उद्धघाटनका क्रममा बोल्दै नेता पौडेलले राजनीतिलाई सम्मान दिलाउनका लागी साझा आन्दोलनको जरुरी रहेको औल्याए । पौडेलले प्रमुख शिर्ष नेताहरुले एकलैटी निर्णयले संविधान संकटमा परेको बताए । उनले भने ‘असन्तुष्ट मधेशी र एमाले लगायतका दलसँग छलफल गरी मध्यविन्दुमा सहमती गरौ भनी शेरबहादुर देउवा र प्रचण्डलाई आफुले दिएको सल्लाह नमान्दा संविधान नै खतरा परेको छ ।’ त्यसै गरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड र बाबुरामको नयाँ संस्करण भएको आरोप लगाएका छन् । उनले भने ‘कम्युनिष्टलाई विश्वास गर्नु राष्ट्रवाद होइन । एमालेका अध्यक्ष ओलीले संसारमै नभएको राष्ट्रवादको नारा बोकेर हिडेकाले उनी मानसिक सन्तुलन गुमेको नेता हुन ।’ उनले नेपाली कांग्रेसकै कारण २०७० सालको निर्वाचन भएर संविधान जारी भएकाले कार्यान्वयको मुल जिम्मेवारी पनि नेपाली कांग्रेसकै रहेकोमा जोड दिए । अर्का केन्द्रिय सदस्य धनराज गुरुङले एमालेको राष्ट्रवाद छेपारोले रंग फेरे जस्तो भएको बताएका छन् । उनले भने ‘महाकाली सन्धी राष्ट्रघाती भन्दै उफ्रिएको एमालले सत्ता पाउने बितिकै महाकाली सन्धी गरेर छेपारे प्रवृति देखाएको कारण उसको राष्ट्रवाद छेपारे राष्ट्रवाद हो ।’ उनले माओवादीलाई हात्ती मरेपछि बाँकी रहेको पुच्छरको संज्ञा दिए । त्यसै गरी केन्द्रिय सदस्य शेखर कोइरालाले मधेशीलाई काठमाडौंले सौताको दृष्टिले हेरेका कारण मधेशमा विकराल समस्या निम्तिएको बताए । उनले कुनै पनि हालतमा हिन्दी भाषालाई राष्ट्र भाषा मान्न नसकिने उल्लेख गरे । कोइरालाले भने ‘बरु उर्दु, मैथली, थारु भाषालाई राष्ट्र भाषा मान्न सकिन्छ तर ०.२७ प्रतिशतले बोल्ने हिन्दीलाई कदापी राष्ट्र भाषा मान्न सकिन्न ।’ उनले अंगिकृत नागरिकहरु देशको संवेदनशिल पदमा पाएमा नेपाल पुनः द्धन्दमा फस्ने खतरा रहेको बताए ।  २०७४ माघ ७ गतेसम्म ३ तहको निर्वाचन हुन नसके संविधान कागजको खोस्टो बन्ने भएकाले संविधान अविलम्व कार्यान्वयन गरी निर्वाचन गर्न अपिल गरे । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले आगामी ३ तहको निर्वाचनले देश समृद्धिको बाटो तर्फ जाने भएकाले पहिला स्थानिय तहको निर्वाचन गरी सिमाकंनमा रहेका असन्तुष्टीहरु हल गर्नुपर्ने बताए । उनले अहिलेको चुनौती भनेको नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन रहेको बताए । नेपाली कांग्रेसले आगामी बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर ३ दिवसीय अगुवा कार्यकताहरुलाई प्रशिक्षण तथा गाउँ जागरण अभियान संचालन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment