माइभ्याली गोल्डकपले यस वर्ष के थप्यो ? (खेल तालिका सहित)


इलाम ८ चैत्र: इलाममा २०७१ सालबाट वर्षेनी सञ्चालन हुँदै आएको माइभ्याली गोल्डकप फुुटवल प्रतियोगिताको तेस्रो संस्करण सुुरु हुन अव आठ दिन बाँकी छ । प्रतियोगिता नजिकिएसँगै खेलप्रेमी दर्शकहरुमा उत्साह समेत बढ्दै गएको छ । तेस्रो संस्करण सुरु हुुनै लाग्दा आयोजकले तयारी अन्तिम चरणमा पुुगेको छ । 
विगत वर्ष ढुुङ्गा र गिटी छरिएको इलामे मैदानमा प्रवेश गर्ना साथ राष्ट्रिय स्तरका खेलाडीहरुको जोश हराएको चर्चा चल्ने ग¥थ्यो तर यस पटक  माइभ्याली गोल्डपककै लागी आयोजकले १२ लाख बढीको लागतमा खेलमैदानलाई नरम बनाउनुका साथै दुवो समेत रोपेको छ । चैत्र १७ गतेबाट सुरु हुने प्रतियोगितामा संभवत नेपाली फुटबलमा नयाँ सुरुवात हुन लागेको छ । यस संस्करणमा ७० वर्ष उमेर माथीका जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेश गराइने माइभ्याली फुुटवल क्लक इलामका सचिव दिनेश काफ्लेले जानकारी दिए । त्यस्तै बालबालिका र अपाङ्गता भएका ब्यक्तिहरुका लागि समेत निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ । बिद्यार्थीहरुलाई समेत परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ  ।
दर्शकको सुविधाका लागि आयोजकले बाँसको अस्थायी प्याराफिट निर्माणलाई यस वर्ष पनि निरन्तरता दिएको छ । थप यस वर्ष दुुई किनारामा अपाङ्गता भएका ब्यक्ति, बालबालिका, जेष्ठ नागरिक र महिलालाई छुुट्टै बस्ने ब्यवस्था मिलाएको माइभ्याली फुुटवल क्लवका सहसचिव तिलक राईले वताए ।

तेस्रो संस्करणमा दर्शकले लक्ष्मी हुण्डाई मनाङमस्र्याङ्दी र सिएमजी संकटा क्लवको खेल हेर्ने अवसर पाउनेछन । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलको अनुभव बटुलेका टिम र खेलाडीलाई इलामे दर्शकहरुले घरेलुमैदानमा देख्न पाउँनेछन् । विगतका संस्करणहरुमा यि दुुई टीम माइभ्यालीमा सहभागी थिएन्न ।
 मनाङमा विराज महर्जन, हेमन गुुरुङ, सुुजल श्रेष्ठ, कमल श्रेष्ठ, बुद्ध चेम्जोङ, बिशाल राई बी, रोहित चन्द र अनिल गुुरुङ जस्ता राष्ट्रिय र अन्तराष्ट्रिय खेल अनुुभव संगालेका खेलाडीहरु समेटिएका छन् । संकटामा समेत निराजन खड्का र विश्वास खड्का जस्ता अन्तराष्ट्रियस्तरका खेलाडीहरुको खेल कौशल देख्न सकिन्छ । सहभागी अन्य टिममा समेत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागीताका कारण घरेलु दर्शकले नजिकैबाट खेल कौशलता नियाल्ने अवसर यसवर्ष पनि मिलेको छ । अन्य टिमहरुमा विदेशी खेलाडीहरु सहभागी रहेपनि विभागीय टोलीहरु एपिएफ, नेपाल प्रहरी र त्रिभुवन आर्मीले भने नेपाली खेलाडीहरुलाई अवसर दिएको छ । आयोजक माइभ्याली गोल्डकप फुटबल क्लबले घरेलु खेलाडीहरुलाई अवसर प्रदान गरेको छ । 
इलाममा विभिन्न क्षेत्रका २० जना खेलाडीहरु माइभ्यालीमा अन्तराष्ट्रिय खेल बटुलेका खेलाडीहरुको लागी कडा टक्कर दिनका लागी क्लोज क्याम्पमा छन । आयोजकले आफनो खेलाडीहरुलाई विगत वर्ष खान र बस्नका लागि होटलमा ब्यवस्था गर्दै आएकोमा यस संस्करणमा आफैँ मेस चलाएर खाने ब्यवस्था गरेको छ । इलाम सदरमुकामको ठुलो टुँडिखेलमा सञ्चालन हुुने प्रतियोगितास्थल नजिकै रहेको पुुरानो शिक्षा कार्यालय बसेको घरमा आयोजकका तर्फबाट प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई खाने र बस्ने ब्यवस्था गरेको क्लवका सहसचिव राईले वताए ।  
आमन्त्रित खेलाडीहरुलाई इलाम सदरमुकामका होटलहरुसँगको सहकार्यमा सुविधा सम्पन्न खाने बस्नेको व्यवस्था मिलाइएको छ । 
अन्तराष्ट्रिय आमन्त्रण टुर्वाग माइभ्याली गोल्डकपलाई २०७१ साल देखी नै एन्फाले ए प्लसको सुचीमा राखेको छ । माइभ्याली फुटबल क्लब इलाम र जिल्ला फुटबल संघ इलामले संयुक्त आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा भारतका २ सहित नेपालका ए डिभिजनका ८ वटा टिम सहभागीता रहेको छ । यस संस्करणबाट प्रतियोगिताको पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । अघिल्लो संस्करणको विजेताले नगद ३ लाख पाउने गरेकोमा यस संस्करणमा नगद ४ लाख पाउनेछन उपविजेताले नगद १ लाख ७५ हजार प्राप्त गर्दै आएकोमा यस संस्कणबाट २ लाख ५० हजार पु¥याइएको छ । माइभ्यालीको तेश्रो संस्करणमा सर्वोत्कृष्ट खेलाडीले यामाहाको १५० सी.सीको मोटरसाइकल प्राप्त गर्नेछन्, विगत वर्षहरुमा यो ब्यवस्था थिएन । त्यसै गरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार र म्याच अफ दि म्याच खेलाडीले जनही ७ हजार प्राप्त गर्ने माइभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए । 
प्रतियोगितामा भारतका दुर्गा स्टिल कोलकाता,  ग्लोबल एफसी आसाम, रमपम झापा–११, रुपेन्दही–११, सिएमजी संकटा, लक्ष्मी हुन्डाइ मनाङ मस्याङदी, तीन विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक माइभ्याली फुटबल क्लब सहभागी रहेको छ । 
यस वर्ष फुुटबलका सवै बिधामा पुुरस्कार वितरण गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । दर्शकको टिकट, संघसंस्था तथा खेलप्रेमी शुभेच्छुकहरुको सहयोग नै प्रतियोगिताको मुख्य आम्दानी रहने आयोजको अपेक्षा छ । आयोजकले ८० लाख रकम संकलन गर्ने र प्रतियोगितालाई आगामी वर्षहरुमा निरन्तरता दिन २० लाख बचत गर्ने लक्ष्य लिएको छ । यस संस्करणपछिबाट जिल्लामा प्रभावशाली खेलाडी उत्पादनको लागी प्याब्सन र एनप्याब्सनसँगको सहकार्यमा २५ जना जुनियर खेलाडीहरु समावेश गरी इलाममा एकाडेमी स्थापना गर्ने आयोजकको लक्ष्य छ । प्रतियोगिताको प्रथम पुरस्कार विगत वर्ष झैँ यस वर्ष पनि सुुर्योदयन नगरपालिका जर्सिङगाउँका तारा र रोजु सापकोटाले प्रदान गर्नेछन भने दोस्रो पुुरस्कार इलाम युुके सोसाइटीले प्रदान गर्ने छ । माइभ्याली गोल्डकपको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोडका र यामाहा रहेका छन । त्यसै गरी सह–प्रायोजक जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका,  पाथीभरा ट्रेडर्स, मेची पहाडी पर्यटन प्रर्वद्धन समिति लगायत रहेका छन । प्रतियोगिताको सेमी फाइनलसम्म रु १ सयका टिकट, सेमीफाइनल देखी फाइनलसम्म रु २ सय दरका टिकट विक्रि गरिने जनाइएको छ ।
 माघमा हुर्दै आएको प्रतियोगिता मौसम र खेल मैदानको विकटताका कारण चैत्रमा सारिएको हो । फाल्गुनमा गर्ने लक्ष्य राखेपनि देशका विभिन्न भागहरुमा प्रतिष्ठित प्रतियागिताहरु संचालन भइरहेका कारण एन्फासँगको सल्लाहमा चैत्रमा प्रतियोगिता सारिएको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।  प्रतियोगिता सम्पन्न गर्न निर्माण ब्यवसायी संघका अध्यक्ष राजकुमार भक्तराज र देउमाइ नगरपालिकाका टंक गजुुरेलले जनही नगद ५१ हजार प्रदान गरिसकेका छन् । त्यस्तै इलाम सदरमुकामका व्यवसायी डम्बर खड्काले नगद ३० हजार र सदरमुकामकै अर्जुनजंग शिजापतीले नगद २० हजार प्रदान गरेका छन् । कोरियामा बस्ने नेपालीहरुबाट नगद ६४ हजार प्राप्त भइसकेको आयोजकले जानकारी दिएको छ ।
विगतका स्थानिय मिडियाहरुमा प्रत्यक्ष प्रशारण हुने गरेकामा भने यसवर्ष राष्ट्रिय स्तरका टेलिभिजनले प्रत्येक खेलको प्रत्यक्ष प्रसारण गर्ने भएपछि देश विदेशमा रहेका खेलप्रेमी दर्शकहरुले टेलिभिजन सेट अगाडी खेलको मनोरञ्जन पाउने प्रसारप्रचार समिति संयोजकले जानकारी दिए । 
 यो प्रतियोगिता सम्पन्न गर्न देश विदेशमा रहेका इलामेलीहरुको भरपुर सहयोग भएपनि सरकारी क्षेत्रबाट समेत सहयोग हुन सके इलामलाई पुुर्वी पहाडको खेल पर्यटकिय जिल्लाको रुपमा अघि वढाउन कसरी नसकिएला ?
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment