कमल न्यौपाने
इलाम, ८ चैत : कहिले यातायात ब्यवसायी त कहिले ब्यापारी÷ब्यवसायीहरु इलाम नगरपालिकासँग असन्तुुष्ट रहेको खबर सार्वजनिक सञ्चारमाध्यमबाट बाहिर आइ नै रहन्छ । पछिल्लो समय पनि नगरपालिका र सदरमुकामकै अस्पताल लाईनका ब्यापारीबिच खटपट बढेको छ । नगरपालिकाले सटर भाडामा लिने ब्यापारीसँगको साझेदारीमा सटर कबल निर्माण गरेर ब्यापारीलाई सटर भाडामा लगायो । नगरपालिकाले भाडा लगाएको ब्यापारीसँग दोस्रो पक्षले लिखित सम्झौता नै गरेर पुनः सटर भाडामा लगायो । दोस्रो पक्षबाट तेस्रो पक्षले पसल सञ्चालनका लागि ५ वर्षका लागि २०६५ साल माघ १० गते सम्झौता गरेर आफ्नो काम कारबाही अगाडि बढायो । पाँच वर्षे सम्झौता २०७० सालमा सकिने भएपछि २०७१ सालदेखि लागुुहुने गरी २०६९ जेठ १० गते पुुन ५ वर्षका लागि सम्झौता अगाडि बढायो । दोस्रो पक्ष र तेस्रो पक्षबिच निरन्तर पसल सञ्चालन गर्न पाउने, कुनै पक्षले सर्तनामाको उलंघन गरे कानुन बमोजिम उपचार खोज्न पाउने ब्यवस्था भएको थियो । भएको सम्झौता सकिन करिब २ वर्ष बाँकी रहँदा नै सटर छाड्न आग्रह गरेपछि दोस्रो र तेस्रो पक्ष बिच हानाहान नै भएको थियो ।
हाल पसल सञ्चालन गर्दै गरेका ५ जना तेस्रो पक्षले पहिलो पक्षलाई मुद्दा दायर गरेका छन् । उनीहरुले पहिलो पक्षका इलाम नगरपालिका, इनपाका कार्यकारी अधिकृत र दोस्रो पक्षलाई उच्च अदालत बिराटनगर इलाम इजलासमा मुद्दा दायर गरेका हुुन् । पहिलो पक्ष (इलाम नगरपालिका) दोस्रो पक्ष (सुुन्दर मोदी, ज्योती बरइ, निरादेवी खुलाल, विष्णुुु बरइ र सावित्री बरइ) कबल सटर निर्माण गर्दा लगानी गर्ने तथा तेस्रो पक्ष मानिने पाँचजना (कमला बाँस्तोला, राजुु दाहाल, राजुु श्रेष्ठ, अयोद्या सुुवेदी र लेखनाथ न्यौपाने) मानिन्छन् । तिनै तेस्रो पक्षले पहिलो र दोस्रो पक्षलाई मुद्दा दायर गरेका हुन् । पहिलो पक्ष मानिने इलाम नगरपालिकाले पुुष २७ मा सूचना जारी गर्दै दोस्रो पक्षलाई इलाम उद्योग वाणिज्य संघ इलामसँग सिफारिस लिइ आउन आग्रह गरेको जनाइएको छ । इलाम उद्योग वाणिज्य संघले सटर कबल निर्माणमा निजी लगानी सिध्याएकाहरुलाई सिफारिस दिएको वाणिज्य संघका अध्यक्ष आनन्दप्रसाद कट्टेलले जानकारी दिए ।
सिफरिस लिएर जाने ब्यापारीहरुलाई समेत इलाम नगरपालिकाले सम्झौता गर्न नमानी दोस्रो पक्ष मानिने ब्यक्तिहरुसँग नै सम्झौता अघि बढाएको तेस्रो पक्षको आरोप छ । इलाम नगरपालिकाले पसल सञ्चालन गर्दै आएका ब्यापारीलाई नबोलाई राजनैतिक दलका प्रतिनिधिसँग मात्र छलफल गरि पसल छाड्न पत्र पठाएको उनीहरुको आरोप छ । एक पक्षिय भएर नगरपालिकाले निर्णय गरेको, कमिसनको पछि लागेर यस्तो निर्णय गरेको तेस्रो पक्षको आरोप छ । नगरपालिकाले पसल छाड्न भन्दै चैत ३ गते रातो अक्षरमा ‘अत्यन्त जरुरी’ भन्दै पत्र पठाएपछि उनीहरु थप आक्रोशित तथा चिन्तित भएका हुुन् । उनीहरुले पसल सञ्चालनका लागि ¥याक निर्माण तथा सजावटमा नै मोटो रकम खर्च गरिसकेको र सो रकम उठ्न बाँकी रहेको बताउँदै आएका छन् । नगरपालिकाले ठाडो हस्तक्षेप गर्न खोजेको भन्दै मुद्दा दायर गरेको उनीहरु बताउँछन् । यता इलाम नगरपालिकाका प्रशासकिय अधिकृत रामकुमार शाहले राजनैतिक दलका प्रतिनिधीहरुसँगको छलफल पछि सटर कबल निर्माणमा लगानी गर्नेहरुलाई नै सो सटर दिने निर्णय भए बमोजिम पत्र पठाइएको बताए । उनीहरु आफु–ुआफुुबिचको सम्झौता नगरपालिकाले नजान्ने बताउँदै लगानी चुक्ता हुन बाँकी रहेकाहरुसँग नयाँ सम्झौता अघि बढाइएको बताए ।
0 comments:
Post a Comment