जिर्मले, २१ फागुनः पछिल्लो वर्षहरुमा जिल्लामा नै उत्कृष्ट रुपले अलैंची उत्पादन गरिरहेका जिर्मलेका किसानहरु लामो खडेरीको कारण अलैंचीको बोट सुक्न थालेपछि चिन्तित देखिएका छन् । पर्याप्त सिंचाइको सुविधा नभएको र विगत असोजको अन्तिममा मात्र वर्षा भएको र त्यस यता हालसम्म वर्षा नभएको कारण अलैंचीको बोट लगायत अन्य बोटबिरुवा समेत सलक्क सुक्न थालेको छ । पहिला पहिला किसानले पुरानो जातको अलैंची सरकारी जंगल र निजी बारीमा लगाउदा अलैंची उत्पादन र जंगलको समेत सुरक्षा भएको थियो भने केही वर्ष अगाडिदेखि संक्रमक रोगले उक्त अलैंची मासिएको बेलामा निजी वनको रुखहरु काटेर गोलिया बिक्री गरेको र विभिन्न समयमा वन माफियाहरुले सरकारी जंगल तस्करी गरेर जंगल सखाप पारेपछि सबै वन मासिएको कारणले पनि यतिखेर समस्या आएको स्थानीयबासीको गुनासो रहेको छ । यता जिर्मलेमा फस्टाएर बिस्तार भएको जिर्मले जातको नयाँ अलैंची छहारी प्रिय नभएको र मलिलो जग्गामा फस्टाउने भएकाले किसानले अन्न र अन्य बाली लगाउने बारीका ग¥हाहरु नै मासेर लगाएका छन् । यसरी बारीमा लगाएको अलैंची हाल आएर सुक्न थालेपछि किसानहरुमा चिन्ता बढेको जिर्मले १ का वेदबहादुर राईले बताए । जिर्मलेको सबै वडाहरुमा निक्कै फस्टाएको अलैंची गत वर्षमात्र करिब पन्ध्रसय मन फल र करिब बीस लाख बिरुवा उत्पादन भएको थियो । यसरी उत्पादनको राम्रो अवस्था रहेका किसानहरुको जीवनस्तर उकास्न सक्ने अलैंची खेतीको लागि सरकारी तवरले सिंचाइ र प्रविधिको नौलो कुरा गाउँका किसानहरुसम्म पु¥याउन नसक्दा धेरै युवाहरु निरासा बोकेर विदेश पलायन हुने गरेका जिर्मले १ का अलैंची किसान याम अधिकारीले बताए ।
खडेरीले सुक्न थाल्यो अलैची, किसान चिन्तामा

0 comments:
Post a Comment