इलामको सुर्योदय नगरपालिका करफोकमा बुधबार सम्पन्न भएको करफोक शैक्षिक तथा धार्मीक महोत्सवमा ६० लाख रुपयाँ संकलन भएको छ ।
महोत्सवको पुर्ण विवरण आइनसके पनि करिव ६० लाख संकलन भएको आयोजक समितिका जिवन नेपालले जानकारी दिए ।
महोत्सवमा दाताहरुले तीन लाख सम्म दान गरेका थिए । एक करोड संकलन गर्ने उदेश्यले शुरु भएको महोत्सवमा लक्ष अनुसारको रकम संकलन नभएको उनले जानकारी दिए । संकलीत रकम मध्ये करिव चालिस लाख खर्च भएको आयोजकको अनुमान रहेको छ ।
बिक्रम संवत २००७ साल देखि शुरु भएका करफोकलाई पुर्वकै नमुना शैक्षिक स्थल बनाउने उदेश्यका साथ करफोक शैक्षिक तथा धार्मीक महोत्सव आयोजना गरेर करफोकलाई आधुनीक शैक्षिक हव बनाउने तयारीका साथ शुरु भएको महोत्सवको लक्ष भने पुरा हुन नसकेको नेपालले जानकारी दिए ।
महोत्सवबाट उठेको रकमबाट अत्याधुनीक भवन, सभाहल, खाजा घर, योगशाला, व्यामशाला, संगीत प्रशिक्षण केन्द्र, स्टुडीयो, प्रयोगशाला, बगैचा, प्रशासनीक भवन, सवारी साधन, बास्केटबल मैदान, स्विमिङ पुल, पुस्तकालय, खेल मैदान, आकर्षक कक्षा कोठा निर्माण गर्ने गुरु योजना निर्माण गरेको क्याम्पस प्रमुख जहरसिंह राईले जानकारी दिए ।
तस्विरः करफोकमा राखिएको कलश जुन प्रति गोटा एक हजार एक सय रुपयाँमा विक्री गरेर ३८ लाख ५० हजार रकम संकलन गरेको आयोजकले जनाएको छ ।

0 comments:
Post a Comment