इलामको सुर्योदय नगरपालिका करफोकमा बुधबार शैक्षिक तथा धार्मीक महोत्सवमा शुरु भएको छ ।
बिक्रम संवत २००७ साल देखि शुरु भएको करफोकलाई पुर्वकै नमुना शैक्षिक स्थल बनाउने उदेश्यका साथ करफोक शैक्षिक तथा धार्मीक महोत्सव आयोजना गरेर करफोकलाई आधुनीक शैक्षिक हव बनाउने तयारीमा जुटेको व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीले बताए ।
चैत्र २ सम्म आयोजना हुने महोत्सवमा उठेको रकमले सो शैक्षिक प्रतिष्ठानको अवस्था सुधार गर्ने करफोक मावीको व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी बताउँछन् । महोत्सवमा चार करोड उठाउने लक्ष राखिएको छ ।
महोत्सवको अवसरमा अहिले पवित्र शान्तिकलश विक्री भइरहेको करफोक माविका प्रधानअध्यापक केदार चिमोरीयाले जानकारी दिए । महोत्सव अघि पाँच हजार भन्दा माथी कलश विक्री गर्ने लक्ष रहेको छ । देशभर १०८ राष्टि शान्ति महायज्ञको संकल्प गरेका गोविन्द शरण महाराज जी को अगुवाइमा हुन लागेको कार्यक्रममा विभिन्न विद्धान विधुसीको जमघट हुने प्रधान अध्यापक चिमोरीयाले जानकारी दिए ।
0 comments:
Post a Comment