इलाम, १५ चैत: देशमा धेरै युुवा युुवती बेरोजगार छन् । माथिल्लो तहको शिक्षा आर्जन गरेर पनि निजी क्षेत्रमा रोजगारी पाउन निकै कठिन छ । सरकारले आगामी बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ । यस निर्वाचनका लागि अपुग हुने सुरक्षा जनशक्ति पूर्तिका लागि आव्हान गरिएको म्यादी प्रहरी भर्नामा इलाममा युवाको आकर्षण बढेको जिल्ला प्रहरी कार्यालय इलाममा फारम भर्न आएकाहरुको संख्या हेर्दा प्रस्ट हुन्छ । १८ वर्ष उमेर देखि ५४ वर्ष सम्मका ब्यक्तिहरुले फारम भर्न पाउने प्रावधान रहेको जनाइएको । गत शुक्रबारदेखि भर्ना अभियान अन्तर्गत इलाममा हालसम्म सात सय वढिले आवेदन दिइ सकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । इलाम जोगमाई गाउँपालिकाबाट फारम भर्न आएकी लक्ष्मी सुवेदीले ठुुलो जागिर नपाए पछि सानै जागरिमा चित्त बुुझाउन फारम भर्न आएको बताइन् । उनले भनिन्– ‘ठुुलो जागिर भेटिँदैन सानै भए पनि भर्नै परो नि ।’ थोरै पैसाले खासै केहि नभए पनि अनुुभवका लागि भए पनि फारम भर्न आएको पुुर्ण सुवेदीको भनाई छ । उनले अर्को कुनै जागिरमा प्रवेश गर्न अनुुभव खोज्ने गरेकाले त्यसैका लागि फारम भर्न आएको उनले बताए । पढाई खर्चमा सहयोग पुुग्ने भएकाले फारम भरेको सुुर्योदय नगरपालिकाकी सावित्रा खतिवडाले बताईन् । आफुु बेरोजगार भए पछि केहि दिन भए पनि जागरि खान फारम भरेको उनको भनाई छ ।
रहर मेटाउनै मात्र भए पनि फारम भर्न आउनेहरु समेत भेटिए । सुुर्योदय नगरपालिकाकी अरुणा दाहालले साथीसंगीले भनेकै भरमा फारम भर्न आएको बताइन् । आवेदन दिने महिलाहरुको संख्या पनि पुुरुष सरह नै रहेको छ । जिल्लाका चारवटा नगरपालिका र सातवटा गाउँपालिकामा गरि १ सय ४४ मतदानस्थल रहेको इलाममा सरदर एक हजारको हाराहारीमा म्यादी प्रहरी भर्ना गरिने जनाइएको छ । देशभर गरि ७५ हजार म्यादी प्रहरी भर्ना गर्ने लक्ष सरकारले लिएको छ । जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आउने गरेका छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्ना फारम लिइने प्रहरी कार्यालयले जानकारी दिएको छ । यस अघिका निर्वाचनमा काम गरेका, सुरक्षा निकायमा काम गरेर फर्केका अनुभव झल्कने प्रमाणपत्र भए त्यस्ता व्यक्ति प्राथमिकतामा पर्ने बताइएको छ । प्रहरीका अनुसार भर्नाका लागि युवा बढी आएका छन् । आगामी १७ गतेसम्म प्रक्रिया पु¥याएर आउनेलाई छनौटका लागि योग्य मानिने प्रहरीले जनाएको छ । म्यादि प्रहरीमा गएको संविधानसभामा म्यादी प्रहरीमा भर्ती भएर काम गरेका समेत भर्ना हुन आएको बताइएको छ । छनौट भएकालाई स्थानीय तहको निर्वाचनमा नजिकै जिल्ला खटाइनेछ । म्यादी प्रहरीको सेवा अवधि ५५ दिनको हुनेछ । उनीहरूलाई सेवा सुविधा नेपाल प्रहरीको जवानले पाएसरहको तलब, भत्ता र तोकिए बमोजिम रासन लगायत अन्य सुविधा उपलब्ध हुने सरकारले जनाएको छ । म्यादी प्रहरीका लागि नेपाली नागरिक भएको हुनुपर्ने, कुनै नैतिक पतन नदेखिने फौजदारी अभियोगमा कसुर नठहराएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको हुनुपर्ने प्रावधान तोकेको छ । स्थानिय निकायको निर्वाचन हुँदा खासै युुवाहरुले म्यादी प्रहरीमा फारम भर्दैनन् कि भन्ने धेरैलाई लागेको थियो तर युुवा युुवती उल्लेख्य मात्रामा फारम भर्न आएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

0 comments:
Post a Comment