इलाम, २६ चैत्रः रमपम झापा–११ ले इलाममा सम्पन्न तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डकपको उपाधी चुमेको छ । आज भएको संर्घषपुर्ण खेलमा बलियो दावेदार मानिएको नेपाली सेनाको त्रिभुवन आर्मीमाथी ट्राइवेकरमा ४–२ गोल अन्तरको जित निकाल्दै झापाले उपाधी चुमेको हो । निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त १५ मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय ट्राइवेकरबाट लिइएको हो ।
झापाका तर्फबाट रजीन धिमाल, रन्जित श्रेष्ठ, बुद्धराज चेम्जोङ र कर्ण लिम्बुले गोल गरेका थिए भने आर्मीका सन्तोष तामाङ र जर्ज प्रिन्स कार्कीले मात्र जाली चुमाउन सफल भए । जितेन्द्र कार्कीको प्रहार बारमा लागेर फर्किएको थियो भने दिप लामाको प्रहार झापा गोलरक्षक किसोर गिरीले बचाएका थिए । खेल अवधीभर दुवै टिमले आधा दर्जन गोल गर्ने अवसरहरु गुमाए । खेलको १४ औ मिनेटमा झापाका कर्ण लिम्बुले गोल गर्ने सुनौलो मौका गुमाए । आर्मीका सुमन अर्यालबाट फुत्किएको बललाई कर्णले जाली चुमाउन सकेन्न । खेलको १९ औ मिनेटमा आर्मीका राजिव गुरुङले टिमलाई अग्रता दिलाउने मौका गुमाए । दोश्रो हाफको ३५ औ मिनेटमा आर्मीका कप्तान भरत खवासले दिप लामाको क्रसलाई जाली चुमाउन सकेन्न । दोश्रो हाफको इन्जुरी समयमा कर्ण लिम्बुले वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके ।
अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका दिप लामाले झापाका गोल किपर विट भइसकेको अवस्थामा प्रहार गरेको बल बारमा लागेर फकिएको थियो । झापाले नगद ४ लाख रुपैयासँगै सिजनको सुखद अन्त्य ग¥यो । उपबिजेतामा सिमित आर्मीको पराजयसँगै सिजनको चौथो उपाधी जित्न लक्ष्य अधुरो रहयो । आर्मीले नगद २ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका विवेक बस्नेत घोषित बन्दै यामाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गरे । विवेक इलामका बासिन्दा हुन । झापालाई उपाधी दिलाएका किसोर गिरी उत्कृष्ट गोलकिपर घोषित भए ।
सर्वोत्कृष्ट डिफेन्स झापाका दिलेन लोक्ताम, सर्वोत्कृष्ट मिडफिल्डर र म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । सर्वोत्कृष्ट फरवार्ड आर्मीका टंक बस्नेत, उत्कृष्ट प्रशिक्षक झापाका सन्जय राई घोषित भए । उनीहरुले जनही नगद ७ हजार प्राप्त गरे । प्रतियोगितामा २ गोल गरेका पुलिसका अविशेक रिजाल सर्वाधिक गोलकर्ता बन्दै नगद २५ हजार र उदियमान खेलाडी आयोजकका अविनाश लिम्बु घोषित बन्दै नगद १५ हजार प्राप्त गरे । खेलपछि प्रतिक्रिया दिँदै झापाका कप्तान प्रवेश कट्बालले तुलनात्मक रुपमा बलिया आर्मीमाथी जित्न कठिन भएपनि टाकाटिका शैली प्रभावकारी बनेकाले जीत हासिल गर्दै उपाधी जितेको बताए । धेरै खेलाडीहरु फिट नभएपनि आर्मीलाई जित्न ट्राइवेकरसम्म ल्याउनुपरेको कट्बालले बताए ।
झापा माइभ्याली गोल्डकपको साविक बिजेता हो भने आर्मीले पहिलो संस्करणको उपाधी जितेको थियो । माइभ्याली गोल्डकपको पहिलो पुरस्कार सुर्योदय नगरपालिका निवासी तारा र रोजु सापकोटाले प्रायोजन गरेका थिए भने दोश्रो पुरस्कार बेलायतमा बस्ने इलामेलीहरुले प्रायोजन गरेको थिए । बिजेता तथा उपविजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशवकुमार बिष्ट, नेविको बिस्कुटका एम्वेसेडर नायक शिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, तारा र रोजु सापकोटा लगायतले प्रदान गरेका थिए ।
0 comments:
Post a Comment