इलाम, २६ चैत्र: इलामका खेलाडी महेश कार्कीको स्मृतीमा प्रदान गरिने महेश स्मृती पुुरस्कार इलामका पत्रकार बिप्लव भट्टराईलाई प्रदान गरिएको छ । शनिवार सम्पन्न तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिताको उत्कृष्ठ रिपोटिङ गरेको भन्दै कान्तिपुुरकर्मी बिप्लव भट्टराई सो पुुरस्कारबाट पुुरस्कृत भएका छन् । उनलाई नगद पाँच हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । उनलाई राखेपका सदस्य सचिव केशवकुमार विष्ठ सहित प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, माइभ्याली फुुटवल क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङ, जिल्ला फुुटवल संघ इलामका अध्यक्ष निरोज खड्गी लगायतले पुुरस्कार वितरण गरेका थिए । जमुुनामा जन्मिएका भट्टराई एक दशक अघिदेखी पत्रकारितामा क्रियाशिल छन् ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment