इलाम, ३ जेठ : आसन्न जेठ ३१ गते हुुन लागेको दोस्रो चरणको स्थानिय तहको निर्वाचनको लागी नेकपा एमाले जिल्ला कमिटी इलामले वडा उम्मेद्धवारको नामावली सार्वजनिक गरेको छ । नेकपा एमालेले पार्टी कार्यालयमा बुधबार पत्रकार भेटघाट आयोजना गरी इलामका दश स्थानिय तहका केहि र ८१ वटा वडाका उम्मेद्धारका प्रत्यासीहरुको नामावली सार्वजनिक गरेको हो । दश स्थानिय तहमध्ये देउमाई नगरपालिकामा मेयर पदमा सुुर्य पोख्रेल र उपमेयरमा पविमाया राईको नाम सार्वजनिक गरेको हो । त्यस्तै सन्दकपुुर गाउँपालिकामा अध्यक्ष पदमा उदय राई र उपाध्यक्षमा शोभा पराजुुलीलाई अघि सारेको छ । माङ्सेबुुङ गाउँपालिकामा अध्यक्ष पदमा हेमन्त राई र उपाध्यक्षमा सुुनिता योङ्हाङलाई अघि सार्ने निर्णय भएको पार्टी जिल्ला अध्यक्ष राम रानाले जानकारी दिए । इलाम नगरपालिकामा मेयर पदमा महेश बस्नेतलाई अघि सार्ने निर्णय भएको जनाइएको छ । उपमेयरमा प्रवेश कमिटीले नामावलीको टुुङ्गो लगाउने छ । साथै बाँकी रहेका गाउँपालिका तथा नगरपालिकामा समेत प्रदेश कमिटीले नै नामावलीको टुुङ्गो लगाउने निर्णय भएको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । जिल्ला कमिटीलाई वडा अध्यक्ष र सदस्यहरुको मात्र नामावली टुुङ्गो लगाउने अधिकार भए बमोजिम नै नामावली टुुङ्गो लगाइएको पनि पत्रकारहरुसँगको कुुराकानीमा जानकारी गराइएको थियो । बाँकी रहेका पदमा प्रदेश कमिटीले आगामी जेठ ९ गते सम्ममा सबै नामावली बाहिर ल्याइ सक्ने समेत जानकारी गराइएको छ । एमाले इलामले धेरै वडाहरुमा सर्वसम्मत उम्मेद्धारहरुको टुुङ्गो लगाए पनि केहि वडाहरुमा निर्वाचन प्रक्रियाबाट नै नामालवीको टुुङ्गो लगाएको एमाले इलामले जानकारी दिएको छ ।
कुुन समुदायबाट कति प्रतिशत सहभागिता ?
जातिय हिसाबले समेत सन्तुुलन गरेर नामावली टुुङ्गो लगाइएको एमाले इलामले जानकारी दिएको छ । एमालेले ब्राह्मण क्षेत्री समुदायबाट असी पुुरुष र बाइस महिलालाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । जुुन इलामको हकमा २९.४७ प्रतिशत प्रतिनिधित्व गराइएको छ । आदिबासी जनजाती एकसय त्रिपन्न पुुरुष र ६० महिलालाई उम्मेद्धार बनाइएको छ । प्रतिशतका आधारमा जुुन नतिजा ५३.१२ प्रतिशत हुुन जान्छ । दलित तर्फ पाँच पुुरुष र एकासी महिलाको नाम अघि सारिएको छ । जुुन २९.४५ प्रतिशत हुुने जनाइएको छ । जिल्लाबाट उठ्ने उम्मेद्धार मध्ये २ सय ३८ पुुरुष र १ सय ६३ महिला छन् ।
0 comments:
Post a Comment