नौ महिना स्वास्थ्यमन्त्री हुँदा के के गरे गगन थापाले? (विवरण सहित)

हरेक नागरिकको स्वास्थ्य छुने प्रयास

तस्बिर: फाइल
काठमाडौं: एक मन्त्रीले इमान्दारिताको साथ काम गर्ने हो भने छोटो समयमा नै नागरिकले बिभिन्न सेवाहरु सहजताका साथ पाउन सक्छन भन्ने प्रमाणको रुपमा स्वास्थ्य मन्त्री गगन थापा देखिएका छन्। उनले गरेका कतिपय कामले तल्लो तप्काका ब्यक्तिको स्वास्थ्यसम्म छुनेछन्। मृगौला, क्यान्सर, बाथमुटु, जस्ता कडा रोगको उपचारमा गरेको निर्णयका कारण अव निम्न स्तरको ब्यक्तिले पनि उपचार गर्न संभव भएको छ।
नागरिकसग हेल्थमा प्रत्यक्ष छुने गरी गरेका कामको ठुलै चाङ बनेको छ। अपाङता भएका ब्यक्तिको निशुल्क बिमा गर्ने, औसधीको मुल्यमा ठुलो कटौती गर्ने गरी कामहरु अगाडि बढाएका छन, यी कामहरु सफल भए नागरिकमा स्वस्थ्यमा सुधार गर्ने सफल स्वस्थ्यमन्त्री भनेर चिनिने छन्। भबिष्यमा समेत उनले गरेका नीतिगत निर्णयका कारण स्वस्थ्य क्षेत्रको दिर्घकालिन बिकासको लागि समेत कोशेढुङ्गा हुनेछ।
उनले नौ महिनामा गरेका कामहरुको बेलिबिस्तार:

कार्यावधि : २०७३ भदौ १० गते देखि २०७४ जेठ गते सम्म ( ठिक नौ महिना)
•    डायलासेस सेवा पुरै निःशुल्क भएको घोषणा गरिएको, 
•    मृगौला प्रत्यारोपण पुरै निःशुल्क, 
•    मृगौलाको प्रारम्भीक परिक्षणका लागि डिपिस्टीक किट पठाइएको, 
•    बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको,
•    नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको, 
•    विशिष्टलाई १५ लाख रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था,  
•    कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था
•    सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला
•     हरेक सरकारी अस्पताल विहान देखि बजे सम्म अनिवार्य संचालन गर्नैपर्ने, देखि सम्म पेईङ सेवा
•    सवै स्वास्थ्य चौकीहरु चार बजेसम्म चलाउन निर्देशन, 
•    प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधी चिकित्सक पुगेको अवस्था
•    झण्डै सय चिकित्सक नियुक्त गरिएको, 
•    ५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परिक्षण सुरु, 
•    ७५ जिल्लामा निशुल्क VIA Screening 
•    १०५३ स्वास्थ्य चौकीमा PEN प्याकेज, आउँदो .. भित्र सबै स्वास्थ्य चौकीमा पुर्‍याउने 
•    आत्मनिर्भर भएका औषधीहरु विदेशबाट ल्याउन नपाईने, 
•    विदेशबाट ल्याउनै पर्ने महंगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने, 
•    ५० वढि अस्पतालमा फार्मेसीको स्थापना संचालन, 
•    सवै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि बजे सम्म संचालन सुरु, ( देखि विस्तारित सेवा)
•    जिल्लास्तरबाट पनि औषधी खरिदको व्यवस्था गरिएको
•    फार्मेसी संचालनका लागि केन्द्रीयमा ३० लाख, क्षेत्रीयमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अंचलमा १५ लाख विउ पूजी पठाइएको
•    जिल्ला अस्पतालका लागि मात्रै करोड ४४ लाख रुपैया विउपुजी पठाइएको, 
•    मुटु क्यान्सरको उपचार सेवा विस्तार, 
•    विना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गरियो, कानुनी दायरामा ल्याइयो
•    सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था गरिएको
•    स्वास्थ्य सामग्री सर्जिकल सामग्रीको नियमन गर्ने पहिलो प्रयास,
•    विपन्न नागरिक उपचार सहायता: कडा रोग बाट १२, 
•    लाईन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरुमा कुपन प्रणाली लागु भएको
•    काठमाडौमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, क्रमश सवै नगरपालिकाहरूमा विस्तार गर्ने
•    विरेन्द्र सैनिक अस्पताल १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलाईसिस सेवाका लागि अनुमती दिइएको 
•    मृगौला डायलासेस मेसिन किनिएको, काठमाडौं बाहिर डायलेसिस सेवा विस्तार,
•    सिकलसेल एनिमियाको परिक्षण तथा उपचार धनगढीबाट पनि सुरु भएको 
•    हृदयरोग निवारण सेवा भेरीबाट सुरु हुन लागेको, जनकपुरमा सुरु गर्न अध्ययन थालिएको
•    सेनासँगको सहकार्यमा रौतहटबाट बृहत स्वास्थ्य शिविरको सुरुवात 
•    मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मीक शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु 
•    नेपालगञ्जमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय
•     को विवादको अन्त्य, पुल दरबन्दी सृजना
•    ५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाई गठन गर्ने व्यवस्था
•    पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था
•    सुर्तिजन्य पदार्थ जथाभावि बेच्न रोग, छुट्टै लाईसेन्स लिनु पर्ने व्यवस्था
•    हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाई
•    मेरो बर्ष, स्वस्थ, मेरो देश स्वास्थ, अभियान सुरु
•    विद्यालयमा सामुदायिक नर्सको अवधारणा


•    खोप निर्देशिका लागु
•    एम्बुलेन्स निर्देशिका लागु
•    प्रयोगशाला निर्देशिका लागु
•    मदिरा नियन्त्रण तथा नियमन निति लागु
•    मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागु
•    नियुक्ति तथा मनोनय संवन्धी मापदण्ड लागु
•    स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागु
•    चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा संवन्धी कार्यविधि लागु
•    बैदेशिक तालिम भ्रमण संवन्धी मापदण्ड लागु
•    मदिरा ऐन लागु 
•    आयुर्बेद नीति लागु 
•    आचार संहिता लागु
•    गुणस्तर सुनिश्चितता संवन्धी ऐन लागु
•    प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका लागु,
•    मानसिक स्वास्थ्य निति लागु
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म राजनिती र नेता भनेपछी घृणा लाग्ने मान्छे तर गगन जिको यो कामले प्रेरित गरेको छ सबै मान्छे एउटै हुदैनन् भन्ने उहाँको यो कामले सबैलाइ छुन सकोस उहाँ जस्तो नेताको देशलाइ खाचो छ अरुले पनि उहाबाट केही सिक्न जरुरी छ

    ReplyDelete